आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु (तस्बिरसहित)

बागलुङमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु (तस्बिरसहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८२, आइतबार

बागलुङ/आइतबारदेखि बागलुङमा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गत माघ फागुनमा सम्पन्न भएको पालिका स्तरीय खेलपछि खेलकुद समिति पदाधिकारीविहिन हुँदा ढीला गरी जिल्ला स्तरीय खेल शुरु भएको हो ।

आइतबार गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचनले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुदको विकासले बालबालिकालाई अनुशासित बनाउने भन्दै हरेक खेलले शारीरिक रुपमा स्वस्थ्य, आत्मनिर्भर र सुरक्षामा पनि साथ दिने बताए । खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले पनि उचित बजेट व्यवस्थापन गर्नुपर्ने बताउँदै शेरचनले बाङेचौर खेलमैदानलाई रंगशाला बनाउन पहल गर्ने बचन दिएका छन् ।

सबै पालिकाले सानो सानो रकम सहयोग गरेपछि जिल्ला स्तरीय खेल संचालन सहज भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कंडेलले बताए ।

प्रतियोगितामा छात्र छात्राको भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्ट लगायतका खेल हुने छन् । दशवटै पालिकामा खेल सम्पन्न भएपनि यो प्रतियोगितामा भने बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम मात्रै सहभागि छन् । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउने छन् ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न छात्रतर्फको एक सय मिटर दौडमा बागलुङ नगरपालिकाका हरि रोका प्रथम, बडिगाड गाउँपालिकाका प्रेम थापा द्वितिय, गलकोट नगरपालिकाका आयुष कार्की तृतिय, छात्रातर्फ बडिगाडका सुप्रिया घर्ति प्रथम, जैमिनी नगरपालिकाका पूजा शर्मा द्वितिय र गलकोट ऋतु गन्धर्व तृतिय भएका छन् ।

यस्तै, छात्र ४ सय मिटर दौडमा बागलुङ नगरका हिरा रोका, बडिगाडका अमित राना, गलकोटका अनुज परियार, छात्रातर्फ बागलुङका अन्जली पौडेल, बडिगाडकी प्रेमकला राना, जैमिनीकी रोजिना नेपाली क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् ।

छात्रतर्फको १५ सय मिटर दौडमा गलकोटका बिमल नेपाली, बागलुङका पर्वत बोगटी र बडिगाडका संजोग सापकोटा, छात्रातर्फ जैमिनीकी अस्मिता घर्ति, गलकोटकी कृपा बस्नेत र काठेखोलाकी अस्मिता थापा क्रमशः प्रथम, द्वितिय र तृतिय भएको जिल्ला खेलुकद विकास समितिका सचिव किशोर छन्तयालले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षता, उपाध्यक्ष योगेश भण्डारीको स्वागत र सचिव किशोर थापाको संचालनमा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, समितिका पूर्व अध्यक्ष कुमार खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->