पोखरा/पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
मालेपाटन खेल मैदानमा भएको उद्घाटन दिनको खेलमा छात्रतर्फ बाराही माविले राष्ट्रिय माविलाई ७ रनले पराजित गरेको छ । टस जितेको राष्ट्रिय माविले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको बाराहीले निर्धारित १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । प्रत्युत्तरमा राष्ट्रिय माविले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २ रन बनायो ।
प्रतियोगितामा कास्कीका २० विद्यालयले सहभागिता जनाएका छन् । छात्र छात्रा दुवैतर्फ विजयी विद्यालयले नगद १५÷१५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सहभागि विद्यालयहरुलाई क्रिकेट खेल सामग्री सहयोग प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरले जानकारी दिए र
यसअघि, पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवर, किडासा फाउण्डेशनका वित्त व्यवस्थापक सविन उदास, बाराही माविका प्रध्यानाध्यापक शिवप्रसाद भण्डारी, खेल शिक्षक सुसिल केसी, गण्डकी प्रदेश क्रिकेट संघका प्रशिक्षक रिजन प्रजुलगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।





