आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल महिला विश्वकपको ग्लोबल छनोटमा

नेपाल महिला विश्वकपको ग्लोबल छनोटमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८२, सोमबार

काठमाडौं/नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । आइतबार सम्पन्न सुपर थ्रीको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो । यससँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका छन् ।

अब नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ । नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो । अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ । उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी रहँदा पूरा गरेको हो । नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन् । त्यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->