आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आजबाट क्रिकेट छनोट प्रतियोगिता

आजबाट क्रिकेट छनोट प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८२, मंगलबार
Cricket ball resting on a cricket bat on green grass of cricket pitch

पोखरा/पोखरा रंगशालामा आजबाट अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । कास्की र बागलुङबीचको प्रतिस्पर्धाबाट यो प्रतियोगिताको उद्घाटन हुनेछ ।

प्रदेशस्तरीय अण्डर १६ पुरुष क्रिकेट प्रतियोगिताको लागि कास्कीकोतर्फबाट अनिष राउतको कप्तानीमा ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरिएको छ ।

खेलाडीहरुमा सुरज अधिकारी, सोनु यादव, रोशन बास्तोला, मोहम्मद शाहाबुद्धिन, विमोचन सापकोटा, स्मिथ कँडेल, रिदम पाण्डे, सौरभ सिद्धिकी, अनिकेत गजुरेल, सत्कार चालिसे, रोशन नेपाली, शुभम गिरी र राज परियार रहेका छन् ।

त्यसैगरी चार वैकल्पिक खेलाडीमा सम्राट अधिकारी, संशाक तिवारी, आकाश बोगटी र दिक्षान्त अर्याल रहेका छन् । प्रशिक्षकमा दीपेश खत्री, छनोटको संयोजकमा कलम थापा र सदस्य दीलिप अग्रहरी रहेका छन् ।

छनोट समितिले दुई दिन खुला सत्र र दुई दिन बन्द सत्रबाट कास्कीको टोली छनोट गरेको हो । विद्यालयस्तरीय प्रतियोगितापछि कास्की जिल्ला क्रिकेट संघले ८४ जना छनोट क्याम्पमा सहभागिता जनाएका उल्लेख गरेको छ ।

पहिलो चरणबाट ५० जना छनोट गरिएको थियो । त्यसपछि खुला र विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएका गरी दोस्रो चरणमा ३३ जना छनोट गरिएको थियो । त्यसपछि २८ जना छनोट गरी दुई दिन बन्द प्रशिक्षण गराइएको थियो । बन्द प्रशिक्षणबाट १४ जना र ४ वैकल्पिक खेलाडीलाई छनोट गरी कास्की जिल्लाको टोली तयार गरिएको संघले जनाएको छ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु हुनेछ । बुधबार बागलुङले तनहुँसँग र तनहुँले बिहीबार कास्कीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->