आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यु–१६ गण्डकी प्रदेश छनोट क्रिकेट सुरु

यु–१६ गण्डकी प्रदेश छनोट क्रिकेट सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८२, बुधबार

पोखरा/प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बागलुङमाथि ३८ रनको जीत निकालेको छ ।

टस जितेको बाग्लुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकी छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको व्याटिङमा प्लेयर अफ दी म्याचसमेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे । बाग्लुङका बलरहरु कृष केसीले ३, प्रिन्स सर्मा र रमित कँडेलले समान २ विकेट लिए ।

जीतका लागि १ सय ३८ रनको लक्ष्य पछ्याएको बाग्लुङको पारी २१.४ ओभरमा ९९ रनमै समेटियो । बाग्लुङका लागि रमित कँडेलले र आर्या प्रसिद्ध नेपालले समान १७ रन जोडे । कास्कीका बलरहरु अनिस रावतले ३ तथा राज परियार र रिदम पाण्डेले समान २ विकेट लिए ।

यसअघि प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य सचिव श्रीधर शर्माले अफिसियल दीलिप अग्रहरीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा शर्माले गण्डकीमा क्रिकेट खेल गतिशिल खेलकुदका रुपमा देखिएको बताए । आयोजक संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले यो प्रतियोगिता एशिया कप सम्म पुग्ने बाटो भएकाले खेलाडीहरु लगनशील बनेर मेहेनतका साथ लाग्न आग्रह गरे ।

एक साता सञ्चालन हुने प्रतियोगितामा कास्की सहित ६ जिल्लाको सहभागिता रहेको छ । समुह ‘ए’ मा कास्की, बागलुङ र तनहुँ रहेका छन भने समुह ‘बी’ मा पर्वत, स्याङजा र नवलपुर रहेका छन् । प्रतियोगिताबाट यही जेठ १७ गतेदेखि सुर्खेतमा सुरु हुने राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टोली चयन गरिने आयोजक संघका अध्यक्ष सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->