आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश छनोट क्रिकेटमा तनहुँ ४ विकेटले विजयी

गण्डकी प्रदेश छनोट क्रिकेटमा तनहुँ ४ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८२, बिहिबार

पोखरा/पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकीय पारी खेलेपछि तनहुँले बागलुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो ।

बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जीतका लागि १ सय ४ रन पछ्याएको तनहुँले १३.४ ओभरमा ६ विकेटको नोक्सानीमा जीत हाँसिल ग¥यो । प्लेयर अफ दी म्याचसमेत बनेका सुप्रिम सुनारले ४० बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५५ रनको पारी खेले, अंकित झाले १३ रन जोडे ।

बागलुङको बलिङमा सचिन परियारले २ विकेट लिँदा अविनास श्रफ, रमित कँडेल, कृष केसी र आर्यसिद्धी सापकोटाले १÷१ विकेट लिए । वर्षाका कारण खेल ढिलो सुरु हुँदा ३५ ओभरको खेल १५ ओभरमा झारिएको थियो । जीतसंगै समुह ‘ए’ बाट तनहुँले पनि २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->