आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हेमजामा आजदेखि अन्तर वडा स्तरीय फुटबल हुँदै

हेमजामा आजदेखि अन्तर वडा स्तरीय फुटबल हुँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका २५ हेमजा यूनाईटेडको आयोजनामा तथा वडा कार्यालयको संरक्षणमा आजदेखि जेठ १७ गतेसम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ ।

आज शनिबार पहिलो खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न. २९ बिच बिहान १० बजे हुने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए । दोस्रो खेल वडा न. १५ र १६ बिच हुने छ । प्रतियोगितामा १३ समूहले सहभागिता जनाउने छन् । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आर्चायले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँसंगै ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ ।

साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र क्वाटर फाइनलदेखिका खेलमा म्यान अफ दि म्याच घोषणा गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए । खेल पोखरा २५ हेमजा गौरीशंकर खेल मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->