बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरा महानगरपालिका टेबल टेनिस संघमा वाग्ले

पोखरा महानगरपालिका टेबल टेनिस संघमा वाग्ले


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/कास्की जिल्ला टेबल टेनिस संघको आयोजना तथा गण्डकी प्रदेश टेबल टेनिस संघको सहकार्यमा विहिबार आयोजित भेलाले प्रकाश वाग्लेको अध्यक्षतामा ९ सदस्यीय पोखरा महानगरपालिका टेबल टेनिस संघ सर्वसम्मत चयन गरेको छ ।

महानगर संघको उपाध्यक्षमा दिपकराज गिरी, सचिवमा मिलन खड्का, कोषाध्यक्षमा गौरी भुजेल, सहसचिव अभिषेक आचार्य, सदस्यमा निर्मला ओली, गौरव शेरचन, तृषा गुरुङ, नवीन गुरुङ र मनिष भुजेल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमका कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई दिर्दै कार्यकालको सफलताको कामना गरेका थिए ।

नवनिर्वाचित पोखरा महानगर टेबल टेनिस संघका अध्यक्ष प्रकाश वाग्लेले टेबल टेनिस खेलको विकास तथा खेलाडीहरुको क्षमता अभिवृद्धि लागि आफुले सकेसम्म लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतमराज लामा, मनाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष क्षितिज गुरुङ, सिनियर सिटिजन एवं प्रशिक्षक एस. रवि चन्द्रन, कास्की जिल्ला टेबल टेनिस संघका निवर्तमान सचिव कृष्ण रानाभाट लगाएतले वोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->