आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वडास्तरीय फुटबल जारी

वडास्तरीय फुटबल जारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

पोखरा/हेमजामा आयोजित ३५ वर्ष माथिको उमेर समूहको ‘अन्तर वडास्तरीय फुटबल प्रतियोगिता–२०८२’ को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् ।

आइतवार भएको वडा न. १७ र १ बीचको पहिलो खेलामा १७ २–१ गोलको अन्तरले विजयी भयो । वडा नं. ८ र ५ बीच भएको दोस्रो खेलमा ४–१ गोल अन्तरले वडा नं. ५ ले जीत आफ्नो पक्षमा पार्न सफल भयो ।

सोमबार पहिलो खेल वडा नं. १३ र १४ बीच हुनेछ । दोस्रो वडा नं. २५ निलो र वडा नं. २० बिच हुने खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रतियोगितामा कुल १३ समूहको सहभागिता रहेको छ । खेल जेष्ठ १७ गतेसम्म गौरीशंकर खेल मैदान (गौरी) मा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->