आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आइमल घाइतेपछि उपविजेतामा सीमित बनेको गण्डकी

आइमल घाइतेपछि उपविजेतामा सीमित बनेको गण्डकी


  • विजय नेपाली
  • जेष्ठ १६ २०८२, शुक्रबार

पोखरा/गण्डकी प्रदेश एनभिए कप भलिबलमा पुनः एक पटक टिपटप हेल्प नेपालसामु निरीह हुन पुगेको छ ।पहिलो सेटमा उत्कृष्ट प्रदर्शनी गरेको गण्डकीले २५–२० को जित हासिल गरेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा समेत २७–२५ को जित निकालेको गण्डकीले तेस्रो खेलमा लय गुमाउँदा २२–२५ को हार व्यहोर्न बाध्य भयो । तर, चौथो सेटमा गण्डकीका मुख्य खेलाडी आइमल खाँन घाइते हुँदा गण्डकीले त्यो सेटमात्र गुमाउन पुगेन उपाधि नै गुमाउन पुग्यो । तेस्रो सेटमा ५–९ को स्थितिमा खेल चलिरहँदा आइमललड्न पुगेका थिए । खुट्टामा केही समस्या भएपछि उनले सो सेट गुमाउँदा गण्डकी उक्त सेट १४–२५ को फराकिलो अन्तरले गुमायो । अन्तिम सेटमा ८–१५ को लज्जास्पद हार व्यहोर्दै उपाधि विहीन हुन पुग्यो । पहिलो र दोस्रो सेटमा ऐमल संगै अर्का खेलाडी अदनान खान वाकर मुहम्मद समेत चल्न सकेनन् । तेस्रो सेटबाट उनीहरुले नै खेल विगार्न पुगेका थिए । यसअघि फाइनलसम्मको यात्रामा एमलको प्रदर्शनी उत्कृष्ट रहँदै आएको थियो । पहिलो दुई सेटसमेत उनकै बलमा गण्डकीको पक्षमा थियो ।

हेल्प नेपाल र पुलिसको उपाधिमा ह्याट्रिक
पुरुषतर्फ हेल्प नेपालले यो जीतसँगै ह्याट्रिक गरेको भने भने महिलातर्फ नेपाल पुलिस क्लबले उपाधिमा ह्याट्रिक गरेको हो । दुवै टिमले सातौं, आठौं र नवौं संस्करणमा उपाधि चुमेका छन् । पुलिसले फाइनलमा न्यु डायमण्डलाई ३–१ सेटले हराउँदै पुलिसले उपाधिमा ह्याट्रिक गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले गुमायो । तेस्रो सेटमा २८–२६ को जित हासिल गरेको पुलिसले चौथो सेटमा २५–१४ को सहज जित निकालेको हो । उपाधिसँगै दुवै टिमले नगद ८ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ भने महिलातर्फ एभरेष्ट क्लब तेस्रो भएको छ । तेस्रो हुने टिमले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

उषा भण्डारी र मुवासर राजा सर्वोत्कृष्ट खेलाडी घोषित
घोषित भएका छन् । उषा सात महिनापश्चात खेलमा फर्किएकी हुन् । फाइनलमा समेत घाइते हुँदा हुँदै उनले टोलीलाई उपाधि दिलाउन महत्पवूर्ण योगदान दिएकी थिइन् । पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा सर्वोत्कृष्ट खेलाडी घोषित भए । हेल्प नेपाललाई उपाधि दिलाउन पाकिस्तानी राजाले उत्कृष्ट प्रदर्शनी गरि । सर्वोत्कृष्ट खेलाडी हुने दुवैले नगद ५०/५० हजार रुपैयाँ हात पारे । यस्तै अन्य विधाको महिलातर्फ उत्कृष्ट लिब्रोन्यू डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर एभरेष्ट भलिबल क्लबकी मिना सुनार, उत्कृष्ट स्पाइकर नेपाल पुलिसकी कामना विष्ट,उत्कृष्ट ब्लकर न्यु डायमण्डकी सुमित्रा रेग्मी र उत्कृष्ट प्रशिक्षक पुलिसका रुपेश विष्ट घोषित भए । पुरुषतर्फ उत्कृष्ट लिब्रो हेल्प नेपालका सन्तोष राई, उत्कृष्ट सेटर हेल्प नेपालकै वालिद खाँन, उत्कृष्ट सर्भर गण्डकीका वाकर मुहम्मद, उत्कृष्ट स्पाइकर गण्डकीका आइमलल खाँन, उत्कृष्ट ब्लकर पुलिसका सफल विक र उत्कृष्ट प्रशिक्षक हेल्प नेपालका उत्सव खड्का घोषित भए । उत्कृष्ट हुने महिला तथा पुरुष दवैतर्फ समान २५/२५ हजार रुपैयाँको साथमा ट्रफी हात पारे ।

क्षमताभन्दा बढी दर्शक, टिकटमा ब्रह्मलुट
आफ्नै निर्णय उल्टाउँदै दर्शक ठग्ने प्रवित्तिमा भलिबल संघ देखिएको छ । नेपाल भलिबल संघले दर्शकलाई ठग्ने गरी रातारात टिकटको मुल्यमा वृद्धि गरेको छ । संघले यसअघि प्रवेश शुल्क अधिकतम ७ सय रुपैयाँ मात्र बनाउने बताएपछि अचानक दर्शकलाई मार पर्ने गरि टिकटको मुल्यमा वृद्धि गरेको हो । पोखरा रंगशालामा जारी नवौं संस्करणको प्रधानमन्त्री कप एनभिए भलिबल फाइनलमा गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल पुगेपछि अचानक टिकट दरमा वृद्धि गरेको हो । भलिबल संघले यतिसम्म ग¥यो किटिकटमा पेनले नै मूल्य तोकेको थियो । यसअघि जेठको ६ गते नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले टिकटको मूल्य न्यूनतम्एक सयदेखिअधिकतम ७ सय रुपैयाँसम्म हुने बताएका थिए । तर, गण्डकी र हेल्प नेपालको लिग चरणको खेलमा दर्शकको उपस्थिति व्यापक बढेपछि रातारात बढाएको हो । त्यतिमात्र होइन, कभर्डहलमा क्षमताभन्दा बढी दर्शकसमेत राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->