आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल खेलकुद महासंघ बागलुङको अध्यक्षमा थापा

नेपाल खेलकुद महासंघ बागलुङको अध्यक्षमा थापा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८२, शुक्रबार

बागलुङ/नेपाल खेलकुद महासंघ बागलुङको दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेकपा एमाले सम्बद्ध खेलाडी तथा खेलप्रेमीहरुको साझा संगठन महासंघको बिहिबार सम्पन्न दोस्रो अधिबेशनले किशोर थापाको नेतृत्वमा १३ सदस्यीय नेपाल खेलकुद महासंघ जिल्ला कमिटी चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा पुष्पा क्षेत्री, सचिवमा योगेश अधिकारी, सह–सचिवमा भीममाया थापा र जेनिसा रुचाल तथा कोषाध्यक्षमा एलिसा थापा चयन भएका छन् । यस्तै, महासंघको सदस्यहरुमा निलेश श्रेष्ठ, सुस्मा कार्की, निक्सन श्रीस, रविना रोका, चिरञ्जीवि रिजाल, प्रदिप कुमार रोका र रमेश राना चयन भएका छन् ।

अधिबेशनलाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले खेलका माध्यामबाट समाज रुपान्तरणको बाटोमा लाग्न युवाहरुलाई आग्रह गरे । खेल क्षेत्र पनि अन्य व्यवसायीक क्षेत्रजस्तै व्यक्ति र राष्ट्रका लागि महत्वपूर्ण रहेको उनको भनाई थियो ।

कार्यक्रममा एमाले नेताहरु गणेश थापा, बाबुलाल शाक्य, लाल बहादुर थापा ‘ऋतम्भरा’ लगायतले बोलेका थिए । महासंघका जिल्ला संयोजक तुलबहादुर थापाको अध्यक्षता र किशोर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->