पोखरा/पाँचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा शुक्रवार ५ खेल सम्पन्न भएका छन् । माउण्ट अन्नपूर्ण स्कूल नदीपुर आयोजक रहेको प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा मर्दीखोलालाई बेनपाले पराजित गरेको छ । दोस्रो खेलमा घान्द्रुकले जेपिटीलाई पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा वियुजीले टिजी ब्रर्दशलाई पाखा लगाउन सफल भयो ।
चौथो खेलमा गलेश्वर ह्वाइटले त्रिशक्तिलाई पाखा लगायो भनेअन्तिम खेलमा बि थर्टिन ‘बी’लाई बेनपाले पराजित गरेको खेल संयोजक अशोककुमार शाहीले जानकारी दिएप्रतियोगिता अन्तरर्गत शनिबार सेमिफाइनल र फाइनल खेल हुने संयोजक शाहीले जनाए । प्रतियोगितामा कुल २० टिमको सहभागिता छ ।





