आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बेनपालाई माउण्ट अन्नपूर्ण बास्केटबलको उपाधि

बेनपालाई माउण्ट अन्नपूर्ण बास्केटबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८२, आइतबार

पोखरा/पोखराको नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँमाउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा गलेश्वरलाई हराउदै बेनपाले छात्रतर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए ।

उपाधिसँगै बेनपाले नगद २० हजार रुपैयाँ तथा दोस्रो भएको गलेश्वरले १० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

छात्रातर्फको उपाधि माउन्ट अन्नपूर्ण माबि (मास)ले मर्दिखोलालाई हराएर उपाधि जित्न सफल भएको छ । उसले१५ हजारसहित क्रमस मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा मर्दीखोलाले नगद ८ हजार सहित क्रमस मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तै प्रतियोगितामा मष्ट भ्यालुएबल खेडाडीको रुपमा छात्रतर्फ एलोन शेरपुर्जा र छात्रातर्फ सोयक्षा पुन घोषित भएका छन् । हाइस्कोररछात्रतर्फ इन्द्र पुन र छात्रातर्फ आयुमी बाटाजु पुरस्कृत भए ।

प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो ।

विद्यालयले यहि अबधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसपको पनि समापन गरेको छ । होटेल म्यानेजमेन्टतर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराइएको वर्कसपमा एक सयजना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->