आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा १५ लाई फुटबलको उपाधि

पोखरा १५ लाई फुटबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

पोखरा/हेमजा युनाइटेडको आयोजनामा भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हात पारेको छ ।

फाइनल खेलमा वडा नं. १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं. १५ ले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता वनेको वडा नं. १ ले नगद ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्रमा चित्त वुझायो ।

प्रतियोगितामा वडा नं. ५ अनुशासन टिम घोषण भइ नगद १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्दा वडा नं. १ का चन्द्रबहादुर गुरुङ उत्कृष्ट खेलाडी घोषित भइ नगद ५ हजार र ट्रफी प्राप्त गरे ।

यसैगरी सर्वाधिक गोलकर्ता वडा नं. २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षक वडा नं. १५ का वलराम खत्री, उत्कृष्ट डिफेन्डर वडा नं. १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा नं. १५ का धर्मराज पराजुली, र उत्कृष्ट फरवार्ड वडा नं. १ का वासु जिसी, उत्कृष्ट प्रशिक्षक वडा नं. १५ का नितेष गुरुङ घोषित भए । उनीहरुलाई प्रत्येक विधामा नगद २ हजार साथमा ट्रफी प्रदान गरिएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।

पोखरा २५ को संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो ।गण्डकी प्रदेश फुटबल, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको उक्त प्रतियोगितामा ३५ वर्षभन्दा माथि उमेर समूहका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->