बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

फेवातालमा डुंगा दौड प्रतियोगिता

फेवातालमा डुंगा दौड प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

पोखरा/फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदीबहिनी समुहले सान्त्वना स्थान हासिल गरे ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद १० हजारसहित ट्रफी, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराही घाटमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गरेका थिए । पोखराका मेयर धनराज आचार्य पनि उद्घाटन सत्रमा सामेल थिए ।

फेवा डुंगा व्यवासयी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत सागर श्रेष्ठ, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बविता मल्ल,पर्यटनविद दीपेन्द्र पहारीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->