आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्तर विद्यालय छात्र टी–२० क्रिकेट : डायमण्ड र प्रतिभा विजयी

अन्तर विद्यालय छात्र टी–२० क्रिकेट : डायमण्ड र प्रतिभा विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

पोखरा/पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपमा डायमण्ड सेकेण्डरी स्कुल र प्रतिभा माविले बिजयी सुरुवात गरेका छन् ।

पोखराको लेखनाथस्थित इडेन गार्डेन क्रिकेट मैदानमा आईतबार भएको खेलमा डायमण्डले रत्नज्योति सेकेण्डरी र प्रतिभा माविले कुमुदिनी होम्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेका हुन् ।

आइतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्नज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो ।

दोस्रो खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई एक सय रनको फराकिलो अन्तरले पराजित ग¥यो । प्रतियोगिताअन्तर्गत सोमबार कुमुदिनीबिरुद्ध जुनियर सिटिजन एकेडेमी तथा त्रिवेणी पब्लिक स्कुलबिरुद्ध मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा उत्रिनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->