आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा मोहन मेमोरियल अन्तर–विद्यालय ब्याडमिन्टन हुँदै

पोखरामा मोहन मेमोरियल अन्तर–विद्यालय ब्याडमिन्टन हुँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८२, मंगलबार

पोखरा/बुधबारदेखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिताहुने भएको छ ।

मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्स प्रतियोगिताको आयोजक हुन् ।

३ वटा उमेर समूह र पोखरा महानगरपालिका वडास्तरीय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत यू—११ एकल छात्र तथा छात्रातर्फ, यू—१५ र यू—१९ गरी ४ वटा इभेण्टमा एकल छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुनेछन् । प्रतियोगितामा यू—१५ र यू—१९ का विजेता खेलाडीलाई जनही ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई भने १० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा महानगर वडास्तरीय (डवल) प्रतिष्प्रर्धामा विजेता हुने, उपविजेता र तेश्रो हुनेलाई क्रमशः ३०, हजार, २० हजार र १० हजार प्रदान गरिने भएको हो । यू—११ तर्फका बिजेतालाई भने आकर्षण पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगितामा पोखरासहित काठमाण्डौं, चितवन, कपिलबस्तु, भोजपुर लगायतका स्थानबाट करिब १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागी हुने भएको प्रतियोगिताका संयोजक मधु गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->