आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अमरसिंहलाई क्रिकेटमा दोहोरो उपाधि

अमरसिंहलाई क्रिकेटमा दोहोरो उपाधि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८२, मंगलबार

पोखरा/पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधि अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्द्वी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो ।

छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गरेको हो । प्रस्पर्धात्मक खेलमा जीतका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको बाराहीले निर्धारित १८ ओभरको खेलमा सम्पूर्ण विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।

जितका लागि १ सय ३ रनको लक्ष्य पछाएको अमरसिंहले ८ विकेटको क्षतिमा जित हासिल गर्न सकेको हो ।

छात्रतर्फको फाइनल खेलमा अमरसिंह मावि ७ विकेटले विजयी भएको हो । अमरसिंहले टस जितेर बलिङ रोजेको थियो । बाराहीले १० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३८ रनमात्रै बनाउँदा अमरसिंहले सो लक्ष्य ५.३ ओभरमा पूरा ग¥यो ।

प्रतियोगितामा छात्रतर्फ बाराहीका अभिषेक अधिकारी सर्वोत्कृष्ट खेलाडी सहित सर्वोत्कृष्ट बलर भए । सम्राट अधिकारी बेस्ट ब्याटर भए । छात्रातर्फ सोनिमा मगरले सर्वोत्कृष्ट खेलाडीको उपाधि हासिल गरिन् । श्रद्धा गुरुङ बेस्ट ब्याटर तथा सोफिया गुरुङ बेस्ट बलर घोषित भइन् ।

प्रतियोगिताको विजेताले नगद १५ हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरूलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष वीरेन्द्र पुन, प्रतियोगिताको मुख्य सहयोगी किडासाका प्रतिनिधिहरू वसन्तराज पराजुली रमेश बास्तोला र सविन उदास, प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य ऋषिराम गौतम लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा सम्पन्न समारोह क्रिकेट खेलाडी समेत रहेका सन्देश शाही ठकुरीले सञ्चालन गरेका थिए । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->