पोखरा/पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कूल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलविरुद्ध ९ विकेटको फराकिलो जीत निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो
सोमबारको खेलमा त्रिवेणी पव्लिक स्कुलले टस जितेर व्याटिङ रोज्दै १०.४ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनाएको थियो ।
४९ रनको झिनो लक्ष्य पछ्याएको मदरल्याण्डले ५.१ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । सोमबार नै भएको अर्को जुनियर सिटिजन एकेडेमीले कुमुदिनी होम्सलाई १ सय रनको फराकिलो अन्तरले हरायो ।
टस जितेर व्याटिङ रोजेको जुनियर सिटीजन एकेडेमीले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै २ विकेटको क्षेतीमा १७३ रनको विशाल योगफल तयार ग¥यो ।
१७४ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स ११.५ ओभरमा पूरै विकेट गुमाएर ७३ रनमा सिमित भएको थियो ।





