आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा प्रचण्ड कप महिला राष्ट्रिय भलिबल हुने

पोखरामा प्रचण्ड कप महिला राष्ट्रिय भलिबल हुने


  • Dhorpatan News
  • जेष्ठ २२ २०८२, बिहिबार

पोखरा/पोखरामा जेठ २७ देखी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित कभर्डहलमा २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दीपक कोइरालाले गणतन्त्र दिवसको अवसर पारेर यस अघि नै आयोजना गर्ने तयारी गरेपनि भलिबल संघकै राष्ट्रिय लिग भएकाले आफुहरुले मिति सार्न परेको सुनाए । उनका अनुसार प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहनेछ ।

गण्डकी बाहेक सबै टिम यसअघि एनभीए कप भलिबलमा सहभागि भएका टिमहरु हुन् । प्रतियोगितामा एभीए लिग विजेता नेपाल पुलिस क्लब सहित न्यु डायमण्ड क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, एभरेष्ट भलिबल क्लब र गण्डकी प्रदेश टिम रहनेछ भने राउन्ड रोविन लिगको आधारमा खेलाइनेछ ।

प्रतियोजिताको विजेताले ६ लाख, उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

राष्ट्रिय खेलको प्रबद्र्धन गर्नका लागि नै भलिबल खेलको आयोजना गर्न लागेको कोइरालाको भनाइ छ । उनका अनुसार आगामी फागुनमा पुरुषको समेत खेल हुनेछ । महिला र पुरुषको खेल गराउने योजना रहेपनि बजेट अभावका कारण महिलाको मात्रै खेल आयोजना गर्न लागेको सुनाए ।

‘हामीले प्रपोजल बनाउने क्रममै पनि महिला तथा पुरुष भलिबल भनेरै थियो । राष्ट्रिय स्तरको खेल भएकाले एक करोड भन्दा माथि लाग्ने देखियो र हामीले त्यहि ५०–६० लाख रुपैयाँ सम्म सहयोग जुटाउन सक्ने भयौं त्यसैले अहिले महिलाको मात्र गराउन लागेका हौं’ उनले भने, ‘फागुनमा हामीले पुरुषको पनि गराउँछौं । हाम्रो पार्टी अध्यक्ष प्रचण्ड ज्यु प्रधानमन्त्री हुँदा नै भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गर्नुभयो त्यसैले पनि यो विशेष छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->