आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रपति रनिङ शिल्डमा पोखरा च्याम्पियन

राष्ट्रपति रनिङ शिल्डमा पोखरा च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८२, बिहिबार

पोखरा/कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा पोखरा महानगरपालिका च्याम्पियन बनेको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा बुधबार कुल ६ विधामा प्रतिस्पर्धा भएपनि उसु, तेक्वान्दो र कराँतेमा पोखरा महानगरपालिकाको मात्रै टिम भएकाले त्यसको गणना भएन ।

पोखरा महानगरपालिकाले कुल २३ स्वर्ण ६ रजत ४ कास्य हासिल गर्दै प्रथम भयो । यस्तै माछापुच्छे« २ स्वर्ण, ११ रजत ६ कास्यका साथ दोस्रो, अन्नपूर्ण १ स्वर्ण १ रजत ५ कास्यसहित तेस्रो तथा ४ रजत, ६ कास्य सहित रुपा चौथोमा रहँदा २ रजत र १ कास्य जितेको मादी पुछारमा रह्यो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले राष्ट्रपति रनिङ्ग शिल्डका लागि जति समय आवश्यक हो त्यो नदिदाँ गुणस्तरीय हुन नसकेको सुनाए । उनले प्रदेश सरकारले प्रतियोगिताका लागि रकम नदिँदा जिल्ला र महानगरको समन्वयमै प्रतियोगिता सम्पन्न गरेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->