
पोखरा/पोखरा महानगरपालिका वडा नम्वर १७ स्थित छहारी टोल विकास संस्थाको आयोजनामा सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । टोल विकास संस्थाका आयोजनामा पहिलो पटक सडक दौड आयोजना गर्न लागिएको घारीपाटनमा स्थित छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
जेठ २४ गते आयोजना हुने प्रतियोगितामा तीन किलोमिटर विद्यालयस्तरीय छात्राछात्र दौड, टोल सुधार समिति, युवा क्लबको खुल्ला पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । विद्यालयस्तरीयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् । विद्यालयस्तरीयमा १६० र टोल सुधार तथा युवा क्लब खुल्ला पाँच किलोमिटर दौडमा एक सय जनाको सहभागीता हने अपेक्षा गरिएको टोल विकास संस्थाका सचिव चेतन शर्माले बताए ।
विद्यालयस्तरीयमा प्रथमले सात, द्धितियले पाँच, तृतियले तीन हजार र सान्त्वनालाई एक हजार छात्र छात्रा दुवैजनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच हजार, द्धितियले तीन हजार, तृतियले दुई हजार र सान्त्वनाले एक हजार रुपैयाँ पाप्त गर्ने छन् । विद्यालयस्तरीय दौड आँखा हस्पिटल चोकदेखि बराल फिडसम्म हुनेछ भने महिला पुरुष दौड आँखा हस्पिटलबाट सुरु भएर छोरेपाटन स्थित वि.एस. पेटेल पम्पसम्म हुनेछ ।





