पोखरा/पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्यिनसीपको सेमीफाइनल समीकरण पूरा भएको छ ।
पोखराको लेखनाथस्थित इडेन हेभन क्रिकेट मैदानमा शुक्रबार समूह ‘डी’ अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेसँगै गरेको हो । योसँगै सेमीफाइनल पुग्ने सबै टिमको टुंगो लागेको हो । यसअघि समूह ‘ए’बाट मदरल्याण्ड, समूह ‘बी’बाट रत्नज्योति र समूह ‘सी’बाट प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताअन्तर्गत शनिबार सेमीफाइनलका खेलहरु हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमीफाइनल खेल प्रतिभा मावि र रत्नज्योति सेकेण्डरी स्कूल तथा दोस्रो खेल मदरल्याण्ड मावि र सृजना माविबीच हुनेछ ।
शुक्रबारको अन्तिम सेमीफाइनल खेलमा सृजना माविले अमरसिंह माविलाई ५ विकेटले पराजित गरेको हो ।
यसअघि समूह ‘डी’ कै खेलमा सृजना माविले नै न्यूलाइट सेकेण्डरी स्कुललाई ७४ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने बाटो खोलेको थियो ।





