आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पश्चिमाञ्चल माविमा बास्केटबल

पश्चिमाञ्चल माविमा बास्केटबल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८२, शनिबार

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागी हुन पाउने गरी छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ ।

विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५ टिमले प्रतियोगितामा भाग लिएका छन् ।

विद्यालयका प्राचार्य सरोज कोइरालाले बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । प्राचार्य कोइरालाका अनुसार छात्र र छात्राका उत्कृष्ट हुने टिमले पुरस्कार पाउनेछन् । छात्रतर्फ प्रथम हुनेले १४ हजार, द्वितीयले ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन । त्यस्तै छात्रातर्फ प्रथम र द्वितीय हुनेले १० र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले पनि पुुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->