आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सडक दौडमा छोरेपाटन माविको वर्चस्व

सडक दौडमा छोरेपाटन माविको वर्चस्व


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८२, शनिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 50;

पोखरा/पोखरा–१७ घारीपाटनस्थित छहारी टोल विकास संस्थाले आयोजना गरेको सडक दौड प्रतियोगितामा छोरेपाटन स्कुलले वचश्व जमाएको छ । खुल्ला ५ किलोमिटर पुरुष दौडमा प्रथम तेनजोन रोक्का मगर छोरेपाटन (मावि), द्वितीय युवराज मल्ल (घारिपाटन टोल विकास संस्था), तृतीय चेतना चालिसे, चौथो किशोर थापा (हिमालयन म्युजियम टोल विकास संस्था) र पाँचौ कृतन श्रेष्ठ भएका छन् ।

त्यस्तै पाँच किलोमिटर महिला खुल्लातर्फ नारायणी भण्डारी (छोरेपाटन मावि) प्रथम, मेनुका अधिकारी (माच्छापुच्छे टोल संस्था) द्वितिय, बिमला थापा (रामजानकी आमा समुह, तृतिय, विष्णु बराल र रोजनी केसी (सनराइज आमा समुह) क्रमशः चौथो र पाँचौ भएका छन् ।

तीन किलोमिटर विद्यालय स्तरीय छात्र दौडमा प्रकाश तामाङ (छोरेपाटन मावि) प्रथम, तिलबहादुर परियार (छोरेपाटन मावि) द्वितीय, निशान्त भुजेल (छोरपाटन मावि) तृतीय, आयुश सुनार (छोरेपाटन) र इशानी बराल (शिशु निकेतन स्कुल) ले चौथो र पाँचौ स्थान प्राप्त गरेका छन् ।

यता छात्रा तर्फको तीन किलोमिटरमा साधना सेवा (छोरेपाटन मावि) प्रथम, सोफिया बराल (बालोदय स्कुल) द्वितिय, प्रनिसा पौडेल (छोरेपाटन मावि) तृतिय, एन्जल न्यौपाने (छोरेपाटन मावि) चौथो र पोखरा किन्डर गार्डेन स्कुलकी इशानी बरालले पाँचौ स्थान प्राप्त गरिन् ।

आमा समूहतर्फ तीन किलोमिटर दौडमा विष्णु ठकुरी (जुनतारा आमा समूह) प्रथम, अञ्जु कुमारी गुरुङ (शुभकामना आमा समुह) द्वितिय, कमला सापकोटा (सुशान्त आमा समुह) तृतिय, देवी कार्की (रामनगर आमा समुह) र दुर्गादेवी पौडेल (नारी शक्ति आमा समुह) चौथो र पाँचौ भए ।

पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच हजार, द्धितियले तीन हजार, तृतियले दुई हजार र सान्त्वनाले एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यालय स्तरीयमा प्रथमले सात, द्धितियले पाँच, तृतियले तीन र सान्त्वनालाई एक हजार रुपैयाँ प्रदान गरिएको छ ।

विजेता सबैलाई पोखरा महानगर वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाही, वडा वडा नं. १७ का वडा सदस्य बिक्रम गुरुङ, वडा सदस्य शिवराम भण्डारी, वडा सदस्य तारा सेवा, छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदार लगयतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगता पोखरा वडा नं. १७ को सहयोग र कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको हो । खेलकुदको जग विद्यलाय भएकाले पोखरालाई खेलकुदको सहर बनाउने अभियानमा इट्टा थप्ने विश्वास आयोकले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->