आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मर्दिखोला र बेनपालाईं बास्केटबलको उपाधि

मर्दिखोला र बेनपालाईं बास्केटबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

पोखरा/पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा संचालित छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता सकिएको छ । प्रतियोगितामा छात्रातर्फ मर्दिखोला टिमले उपाधि हात पारेको छ । त्यस्तै छात्रतर्फ बेनपा टिमले उपाधि हात पारेको छ । घान्द्रुक टिम छात्रतर्फ द्वितीय भएको छ ।

छात्रातर्फ साइना बुद्धाचार्य सर्वाेत्कृष्ट खेलाडी बनिन भने स्वइच्छा पुन हाइ स्कोरर बनिन् । छात्रतर्फ भने सञ्जय घताने सर्वाेत्कृष्ट खेलाडी बन्दा अखण्ड गुरुङ हाई स्कोरर बने । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५ टिमले प्रतियोगितामा भाग लिएका थिए ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई खेलकुद सहितका रचनात्मक गतिविधिमा सहभागी गराउनका लागि विद्यालयको आयोजनामा गत शुक्रबारदेखि प्रतियोगिता सुरु भएको थियो । विजयी टिम, सर्वोच्कृष्ट खेलाडी र हाई स्कोररलाई प्लस टु इन्चार्ज क्षेत्री सहित विद्यालयका प्राचार्य सरोज कोइराला लगायतले नगद पुरस्कार र ट्रफि बाँडेका थिए । विद्यालयले आयोजना गरेको बास्केटबलको यो पहिलो प्रतियोगिता हो ।

छात्रतर्फ प्रथम हुनेले १४ हजार, द्वितीयले ८ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १० र ५ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडी र हाई स्कोररले पनि पुरस्कार पाए । एसइइ दिएपछि फुर्सदिला भएका विद्यार्थीलाइ कुनै न कुनै गतिविधिमा सक्रिय गराउनका लागि विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको प्राचार्य कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->