आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बास्केटबल संघ गण्डकीद्धारा निर्णायक प्रशिक्षक तालिम

बास्केटबल संघ गण्डकीद्धारा निर्णायक प्रशिक्षक तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

पोखरा/नेपाल बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा सम्पन्न भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी गरी ३२ जनाको सहभागिता रहेको थियो ।

तीन दिनसम्म सञ्चालित उक्त तालिमको समापन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै निर्णायकको प्रमुख भुमिका रहने बताउँदै त्यसतर्फ चनाखो रहेर काम गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलकुद सम्पन्न गर्नका लागि निर्णायकको भुमिका मुख्य हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा प्रतियोगिताहरु सहज र सफल रुपमा सम्पन्न हुने बताए ।

त्यस्तै प्रशिक्षार्थी इन्द्र गुरुङले बास्केटबल संघले प्रदेशका निर्णायकहरुलाई सहभागी गराई तालिमको आयोजना गरेर आफुहरुमा थप उर्जा थप्ने काम भएको बताए ।

कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ, बास्केट बल संघका सल्लाहकारद्धय सुनिल, नारायण शर्मा, लगायतले तालिमबाट प्राप्त ज्ञानलाई ब्यावहारमा उतार्दै अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा फिफा रेफ्री राजकुमार महर्जनले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

नेपाल बास्केट बल संघ गण्डकी प्रदेशका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष किरण सापकोटाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव विष्णु कुमार गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->