आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीकी नारायणीले जुनियरमा बनाइन् नयाँ कीर्तिमान

गण्डकीकी नारायणीले जुनियरमा बनाइन् नयाँ कीर्तिमान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८२, शुक्रबार

पोखरा/केन्द्रीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा गण्डकीकी नारायणी भण्डारीले ८०० मिटर दौडको जुनियरमा राष्ट्रिय कीर्तिमान काय गरेकी छन् ।

काठमाडौंमा जारी १५ औं केन्द्रस्तरीय प्रतियोगिताको दोस्रो दिन ८०० मिटरतर्फ उनले २ मिनेट १७.९ सेकेन्डमा पूरा गर्दै सरिता खड्काको कीर्तिमानी भंग गरेकी हुन् । गतवर्ष खड्काले २ मिनेट २८.५ सेकेन्डमा दुरी पुरा गर्दै ८०० जुनियरमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेश्रो भए ।

राष्ट्रपति रनिङशिल्डमा बिहीबार एथलेटिक्सतर्फ नारायणीसहित अन्य तीन जनाले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एथलेटिक्सको छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेको हो । छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले ५७.४० मिटर थ्रो गर्दै कीर्तिमान बनाए । छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीले छात्र÷छात्रा दुवैतर्फ राष्ट्रिय कीर्तिमान कायम गरे । प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले निर्धारित दूरी ३ मिनेट ३०.९ सेकेन्डमा पूरा गर्दै र छात्रातर्फ दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले ४ मिनेट १२.८ सेकेन्डमा दूरी तय गर्दै कीर्तिमान कायम गरेका हुन् ।

राष्ट्रपति रनिङशिल्डमा गण्डकी प्रदेश दोस्रो दिनसम्म समग्रमा तेस्रो स्थानमा रह्यो । गण्डकी भन्दा सुदुरपश्चित अब्बल देखियो भने बागमती पहिलो भयो । बागमती ७ स्वर्ण, ३ रजत र २ कास्यका साथ पहिलो स्थानमा रहँदा सुदुरले ५ स्वर्ण ६ रजत र ५ कास्यसहित दोस्रो स्थान हासिल गर्दा गण्डकीले ३ स्वर्ण ३ रजत र ४ कास्य पदक हासिल ग¥यो । कर्णाली २ स्वर्ण २ रजत र ३ कास्यका साथ चौथो स्थानमा रहँदा लुम्बिनी १ स्वर्ण २ रजत र ४ कास्यका साथ पाँचौ स्थानमा रह्यो । कोशी २ रजतका साथ छैटौंमा रहँदा पदक विहिनी मधेश प्रदेश पुछारमा रहेको छ ।

कब्बडीकी तनु थापा छनोटको क्रममा घाइते
पर्वत कुश्मा नगरपालिकाकी तनु थापा गम्भीर घाइते भएकी छन् । उनको गोर्खामा उपचार हुन नसकेपछि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । १५ औं राष्ट्रपति रनिङशिल्डको गण्डकी प्रदेशस्तरीय छनोटको क्रममा उनी घाइते हुन पुगेकी थिइन् । कब्बडी खेल्दा उनलाइ चोट लागेको हो । उनको हातको शल्यक्रिया गर्नुपर्ने भएको प्रदेश खेलकुद परिषद् गण्डकीका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार खेलाडी विमामार्फत् उपचार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->