आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपीएफ च्याम्पियन

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपीएफ च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असार १ २०८२, आइतबार

पोखरा/सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

एपिएफको जितमा निरुता ठगुनाले उत्कृष्ट प्रदर्शन गरिन् । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफ खेलमा निकै हाबी भयो । दोस्रो सेट २५–२० ले जितेको एपीएफले तेस्रो सेटमा भने २५–१३ को सामान्य जित निकाल्दै उपाधि चुमेको हो ।

उपाधिसँगै एपीएफले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । पुलिसले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । एपीएफले यस अघि उपाधिको दाबेदार मानिएको मध्येको एक न्यू डायमण्डलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । एपीएफ डायमण्डको खेलबाट चम्किएको थियो जुन प्रदर्शनी फाइनलमा समेत जारी राख्यो । लिग चरणको पहिलो खेलमा पुलिसले एपिएफलाई जितेको थियो भने पुलिसले नवौं एनभिए कप करिब दुई साता अघि पोखरामा भएको प्रतियोगिताको विजेता टिम समेत हो ।

यस्तै न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । डायमण्डले १ लाख रुपैयाँ हात पा¥यो । न्यू डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले बताए । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागित भएका थिए । विजयी खेलाडीहरुलाई नेकपा माओबादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, पार्टीका स्थायी कमिटी सदस्य सत्या पहाडी, राखेप बोर्ड सदस्य प्रकाश कुसारी, गण्डकी प्रदेशका पूर्वमन्त्री रेशम जुग्गाली, आसा कोइराला, नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइराला, उपाध्यक्ष शिव कोइराला (ज्वाला), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तीमगर (यामबि आस्था), निवर्तमान अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिताको अवसरमा नेशनल स्पोट्र्स एकेडेमीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २५ हजार सहयोग गरेको छ । खेल पत्रकार कल्याणकारी कोषको लागि आयोजक संस्थाले उक्त रकम सहयोग गरेको मञ्चले जनाएको छ ।

निरुता बनिन् सर्वोत्कृष्ट खेलाडी
एपीएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी निरुता ठगुना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै नेपाल पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर घोषित भइन् । उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्की, उत्कृष्ट ब्लकरमा न्यु डाइमण्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यू डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने एपिएफका पुष्पजंग मल्ल घोषित भए । विधामा उत्कृष्ट भएकाहरुले समान २०÷२० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->