शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

असार ७ देखि म्याग्दी कप भलिबल हुने

असार ७ देखि म्याग्दी कप भलिबल हुने


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८२, बुधबार

म्याग्दी/म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा असार ७ गतेदेखि म्याग्दी भलिबल कप हुने भएको छ । बेनीबजार म्याग्दी खुल्ला मञ्चमा आयोजना हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाको सहभागिता रहेको छ । स्याङ्जा, बागलुङ, पर्वत, कास्की, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर, मुस्ताङ, मनाङ र म्याग्दीको सहभागिता रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार तथा चौथो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर र डिफेन्डरलाई ३÷३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->