शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी क्रिकेट : कास्की र नवलपुर विजयी

गण्डकी क्रिकेट : कास्की र नवलपुर विजयी


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८२, बुधबार

पोखरा/तेस्रो गण्डकी प्रदेश पुरुष टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले विजयी सुरूवात गरेका छन् ।

पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जीत हात पारेको छ भने नवलपुरले गोरखालाई ९१ रनले पाखा लगाएको छ । जीतसँगै दुबै टोलीले समूह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।

खराब मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले टस जितेर फिल्डिङ रोजेपछि कास्कीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।
१०९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रनमात्र बनाउन सक्यो ।

दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा नवलपुरलाई ८ विकेटको क्षतिमा १४३ रनमा रोक्न सफल भयो । जवाफी ब्याटिङमा गोरखा १५.२ ओभरमै ५२ रनमै समेटिँदा ९१ रनले हार व्यहोर्न बाध्य बन्यो । प्रतियोगिताको प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धक तथा प्रादेशिक क्रिकेट संघ गण्डकी आयोजक हो । बुधबार समूह ‘बी’ अन्तर्गत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्नेछ भने गोरखाले कास्कीको सामना गर्नेछ । समूअह ‘ए’बाट भने स्याङजा फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->