पोखरा/सुशान्त बाल क्लबको आयोजनमा भएको यु–१४ विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि हिमालयन बोर्डिङ स्कुल र पोखरा एकेडेमीले जितेको छ । छात्रातर्फ हिमालयन बोर्डिङ प्रथम हुँदै नगद १३ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र हात पार्यो ।
यस्तै माउन्ट अन्नपूर्ण मावि दोस्रो हुँदै १० हजार तथा गण्डकी बोर्डिङ स्कुल तेस्रो हुँदै ७ हजार रुपैयाँ प्राप्त गरेको छ । छात्रतर्फ पोखरा एकेडेमी प्रथम भएको हो । हिमालयन बोर्डिङ स्कुल दोस्रो र पोखरा लर्नस एकेडेमी तेस्रो भयो । उनीहरुले समेत क्रमशः १३ हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । ३ दिनसम्म चलेको प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको सुशान्त बाल क्लबका अध्यक्ष परिवेश थापाले जानकारी दिए ।
यस्तै केही दिन पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित सो बाल क्लबले वडाको सहयोगमा आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा छोरेपाटन माविले प्रथम स्थान हासिल गर्दै तीन हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै पादी मावि दोस्रो र विद्या निकेतनले तेस्रो स्थान हासिल ग¥यो । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः दुइ हजार र एक हजार पाँच सय रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा कुलब १४ विद्यालयको सहभागिता रहेको थियो ।





