शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मध्यपहाडी व्यापारिक तथा पर्यटकीय सहर : सुन्दर, समृद्ध, साँस्कृतिक बागलुङ नगर

मध्यपहाडी व्यापारिक तथा पर्यटकीय सहर : सुन्दर, समृद्ध, साँस्कृतिक बागलुङ नगर

कृषितर्फ जे.टि.ए अध्ययन गर्न चाहने विद्यार्थीहरुमध्ये प्रत्येक वडाबाट एक/एक जना गरी १४ जना विद्यार्थीलाई पूर्ण छाँत्रवृत्ति प्रदान गरिने ।


  • बसन्तकुमार श्रेष्ठ
  • असार १० २०८२, मंगलबार

सभा उपाध्यक्षज्यू,
सभा सदस्यज्यूहरु,

ऐतिहासिक संविधान सभाबाट निर्मित नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयता कार्यान्वयनको आधारभूत अङ्गको रुपमा रहेको स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेको तीन वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं समुन्नतिको लागि हामीले सुरुवात एवं सम्पादन गरेका असल कार्यहरुलाई संस्थागत गर्दै प्राप्त जिम्मेवारी अनुरुप यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुतिको लागि उपस्थित भएको छु ।

यस अवसरमा नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, नेपाल राष्ट्रको रक्षा र अग्रगमनका आन्दोलनहरुमा सरिक भई जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति उच्च–सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धा–सुमन अर्पण गर्दछु । लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा अगुवाइ गर्नुहुने अग्रजहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गर्दछु । आफ्नो अमूल्य मताधिकारमार्फत हामीलाई विजयी तुल्याई नगरको विकास, समृद्धि र सुशासनको लागि सबै प्रकारले सहयोग गर्नुहुने समग्र आदरणीय व्यक्तित्वहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।

शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सवै नगरवासीले गर्न सकून भन्ने कुरामा हामीहरु अत्यन्त सचेत रही नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक विविधतालाई आत्मसात गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न पूर्ण प्रतिबद्ध रहेका छाँैं । “जनप्रतिनिधिहरु शासक होइनन्, जनताका सेवक हुन्” भन्ने मान्यताका साथ जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतालाई हामीले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गरेका छाँैँ ।

सीमित बजेटका बावजुद उपलब्ध स्रोतको समुचित वितरणलाई यथासम्भव न्यायोचित बनाउने कोशिस गर्दै बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम तयार गर्दा नेपालको संविधान २०७२, सङ्घीय सरकारको दीर्घकालीन लक्ष्य, सोह्रांै आवधिक योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण, सङ्घीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट, गण्डकी प्रदेश सरकारको दोश्रो आवधिक योजना, नीति तथा कार्यक्रम र बजेट, नगरपालिकाको आवधिक नगर विकास योजना तथा मध्यमकालीन खर्च संरचना, लैससास रणनीति एवं आम नगरवासीको माग, आवश्यकता र चाहनालाई मुख्य आधार बनाइएको छ ।

बागलुङ नगरपालिकाको विकास र समृृद्धिका लागि संस्थापक नगर प्रमुख स्व. ऋषिराम शर्मा र यस पूर्वका जनप्रतिनिधिहरुले थालनी गरेका राम्रा र संस्थागत अभ्यासलाई अनुशरण गर्दै “समृद्ध नगर र सुखी नगरवासी”को निर्धारित लक्ष्य एवं उद्देश्य पूरा गर्न हाम्रा नीति कार्यक्रम, योजना र बजेट परिलक्षित गरेका छाँंै । यस अभियानमा अहोरात्र खटिरहनु भएका नगरसभा सदस्यज्यूहरु, राष्ट्र– सेवक कर्मचारीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै नगरको भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विकास तथा सुशासनको लागि आगामी आर्थिक वर्षमा लिने क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।

सर्वप्रथम यस पूर्व हामीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन एवं मुख्य उपलब्धिको समीक्षात्मक प्रस्तुति गर्दछु ।
१. यस अगाडिका नगरसभामा हामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनको सवालमा थुप्रै सफलता हासिल गरेका छाँंै । हामी निर्वाचित भैरहँदाको दिन सम्मको बागलुङ नगरपालिकाको अवस्था झल्कने गरी श्वेतपत्र जारी गरेका थियांै जसको जगमा रहेर हाम्रा कार्यक्रमहरु परिलक्षित गरेका छाँंै । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा तत्कालीन समयमा प्राप्त गरेको अङ्क भन्दा तीन गुणा बढी अङक प्रस्ताव गर्न सफल भएका छाँंै । योजना कार्यान्वयनको लागि हुने लागत सहभागिता रकमलाई १० प्रतिशतमा कायम गरेका छाँैँ । टोल विकास संस्थामार्फत पाँच लाख भन्दा कमका एक भन्दा बढी योजना सम्झौता र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेका छाँैं । भवन निर्माण सम्बन्धमा आवश्यक मापदण्ड पूरा गर्न लगाई अधिकतम तला निर्माण गर्न सकिने गरी भवन निर्माण मापदण्डलाई संशोधन गरेका छाँैँ । उर्जा प्रभावकारी भवन निर्माण गर्न चाहनेहरुको लागि आवश्यक कार्यविधि स्वीकृत गरेका छाँै । नक्सापासको हाल सम्मको अभिलेखलाई डिजिटाइज गरी अनलाईन मार्फत नक्साको प्रकिया अगाडि बढाउने गरी तयारी पूरा गरेका छाँै । बजार क्षेत्रको विभिन्न स्थानको माटो परीक्षण गर्ने कार्य सम्पन्न गरेका छाँैं ।
२. बालबालिकाको सर्वोपरि हित, सर्वाङ्गीण विकास र अर्थपूर्ण बालसहभागिताको सुनिश्चितताको लागि नेपाल सरकारले लिएको राष्ट्रिय लक्ष्य पूरा गर्ने सन्दर्भमा पदवहाली भए पश्चात्को पहिलो कार्यपालिका बैठकबाट यस नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने निर्णय गरेबमोजिम मिति २०८१ माघ ९ गते यस नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका छाँैं ।
३. ऐन, कार्यविधि निर्माण, न्यायिक कार्य सम्पादन प्रक्रिया, योजना तथा कार्यक्रम सम्झौता तथा सञ्चालनको लागि गरिएको कानुनी व्यवस्था, संस्थागत सुशासन आदि जस्ता कार्यलाई सहज बनाउने गरी सम्बन्धित शाखाबाटै नागरिकका कार्य सम्पादन हुने विधिको प्रयोग गरी कर्मचारी प्रशासनलाई चुस्त र सेवाग्राहीप्रति उत्तरदायी बनाउने गरी वडा कार्यालयहरुमा प्रविधिमैत्री कर्मचारीको व्यवस्था गरी सम्भव भएका सेवालाई अनलाइन प्रणाली मार्फत सम्पादन गर्ने व्यवस्था मिलाएका छाँैं ।
४. कमजोर भू–बनोट भएको स्थानमा विना अध्ययन नयाँ ट्रयाक खोल्ने परिपाटीको अन्त्य गरेका छाँैं । नगरको सुन्दरतालाई मध्यनजर गरी घरको चारै तर्फको खाली भागमा प्लाष्टर गरे पछि मात्र निर्माण सम्पन्न प्रमाण पत्र दिने गरी व्यवस्था गरेका छाँैं । पर्यटकीय क्षेत्रको पहिचान प्रचार, प्रसार र प्रवद्र्धनका कार्यहरु अगाडि बढाएका छाँैं । यसै गरी प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान, शालिग्राम सङग्रहालय, पञ्चकोट, लगायतका धार्मिक पर्यटकीय क्षेत्रको जानकारीमूलक विवरणलाई विश्वका १० वटा भाषामा हेर्न र पढन मिल्ने गरी क्यूआर कोडको व्यवस्था गरेका छाँैं ।
५. कृषि तथा पशु विकासमा आधारित कार्यक्रमहरु सञ्चालन गरी कृषिमा यान्त्रिकीकरण, पकेट क्षेत्र कार्यक्रम, उच्च बजार मूल्य भएका फलफूल कार्यक्रम जस्ता आत्मनिर्भर केन्द्रित कार्यक्रम सञ्चालनमा ल्याएका छाँंै । दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउने गरी सञ्चालन गरेका कार्यक्रमहरुबाट नतिजा प्राप्त गरिरहेका छाँै । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत विभिन्न प्रकारका तालिम र प्रविधि हस्तान्तरणका कार्यहरु गरिरहेका छाँैँ ।
६. यस अवधिमा पालिका स्वयं र पालिकाको पहलमा गरी नगरक्षेत्रमा कुल ३५.१ कि.मी कालोपत्रे सडक, ८.१० कि.मी ढलान सडक, ३२ कि.मी. ग्राभेल सडक, ८.८९ कि.मी कच्ची सडक, २३.६९ कि.मी पर्यटकीय पदमार्ग र ४०.९८ कि.मी पक्की नाली थप गर्न सफल भएका छाँै । यसको अतिरिक्त ७८० मिटर सोलिङ, ७८८ मिटर तारवार, ३७२ मीटर पर्खालको कार्य सम्पन्न गरेका छाँैं । यसैगरी विभिन्न वडा तथा बस्तीमा ६३ वटा सामुदायिक भवन, विद्यालय सुधारको लागि यस कार्यालयबाट ११ वडा विद्यालयको भवन, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ वटा विद्यालय भवन, ६ वटा विज्ञान प्रयोगशाला, ८ वटा पुस्तकालय र १ वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माण सम्पन्न गरेका छाँँै । यसैगरी खानेपानीतर्फ दुई हजार भन्दा बढी धारा निर्माण, ३३ वटा टंकी निर्माण, ३६ वटा ईन्टेक निर्माण, ५३.५९ कि.मी. पाइपलाइन विस्तार गरेका छाँै ।
७. नगर र नगरवासीको आर्थिक, सामाजिक विकासको लागि कोशेढुङगा सावित हुने पाग्जा माझिबस्ती निरहे सडक, वडा नं. ५ र ६ भान्सा साँधखोला सडक, तिरुपति चोक देखि मालिका पञ्चकोट तितौरे भिमपोखरा सड्क, बा.न.पा. १२ को टाकुरी देखि जैमिनी नगरपालिकाको सिमाना सम्मको सडक, सरङ्गी देखि भैरवस्थान सडक, बा.न.पा. ३ बोक्से देखिखहरे सम्मको सडक, बा.न.पा. १२, १३ को जल्केनी भैरवस्थान सडक, बा.न.पा. १२ को सरङ्गी भैरवस्थान सडक, वडा नं. ६ को बुढाघर देखि विचिन्द्रेसम्मको सडकलाई पक्की तथा स्तरोन्नती गर्ने कार्य र वडा नं. १३ को चिल्ड्रेन पार्क निर्माण कार्य सम्पन्न गरेका छाँै । बजार क्षेत्रको अव्यवस्थित विद्युत पोल तथा तार हटाउने, सडक मापदण्ड प्रयोग गरी निर्माण गरिएका पाली पटाह हटाउने र व्यवस्थित फुटपाथ निर्माण गर्ने कार्य निरन्तर गरिरहेका छाँ ।
८. निरन्तरको पहल पश्चात सङघीय सङघीय तथा प्रदेश सरकार र विभिन्न दातृनिकायबाट प्राप्त योजना तथा कार्यक्रम र यस कार्यालयबाट सुरु गरिएका अदालत चौपारी देखि तित्याङ भकुण्डे रायडाडा हुँदै दमेक जाने सडक, सहरी शासकीय पूर्वाधार विकास कार्यक्रम (NUGIP) तर्फको बा.न.पा वडा नं. ७ स्थित मूलपानी देखि तितौरे सम्मको सडक र वडारचौर डिल देखि ढोडेनी फोर्सेसम्मको सडक, बा.न.पा. वडा नं. ६ स्थित मुक्तिनाथ बाबा परिक्रमा सडक अन्तर्गतको गैरीखेदेखि माइपुज्ने हुँदै पञ्चकोटसम्मको सडक, बा.न.पा. ३ बोक्सेदेखि सिगाना हुँदै दमेक शान्तिपुर सम्मको सडक, वडा नं. १० र ११ स्थित गलुवा भकुण्डे हुँदै रायडाँडासम्मको सडक, वडा नं. १३, १४ को पानीटङकी देखि वडा कार्यालय सम्मको सडक, कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका खण्डको सडक, मनकामना डि डाँडा, सिम्वाँरा हुँदै वौडेचौर सडक, दावगरा आधुनिक बसपार्कभित्रका शाखा सडक तथा नाली निर्माणको काम र नगरको गौरवको आयोजना अन्तर्गत ब्लुहिल पर्यटकीय गन्तव्यको कार्य अगाडि बढाएका छाँैं । निरन्तरको पहल पश्चात् बागलुङ प्रवेशद्वार मालढुङ्गादेखि उपल्लाचौर जिरो कि.मी. सडकलाई चार लेनको सडकको रुपमा रुपान्तरणको कार्य सुुरु भएको छ भने बाङ्गेचौरदेखि ट्राफिक चोकसम्मको सडकको डिपिआर तयार भई कार्यप्रारम्भ हुने चरणमा पु¥याएका छाँै ।
९. दावगरा आधुनिक बसपार्कको उद्घाटन सम्पन्न गरेका छाँै । यसै आ.व.को सुरुदेखि नै बस सुचारु हुने र जग्गादाताको जग्गा फिर्ता गर्नको लागि पहल गरिरहेका छाँै ।
१०. बागलुङ नगरको शिक्षा क्षेत्रको समग्र विकासको लागि विद्यार्थी सङख्या र शिक्षक विद्यार्थीको अनुपात समेतको आधारमा विद्यालय स्थगन र तह मिलान कार्य गरेका छाँंै ।
१०. सिगाना स्वास्थ्य चौकीमा वँिर्थङ सेन्टर, रायडाँडाको तमाखुवारीमा सहरी स्वास्थ्य केन्द्र स्थापना, अमलाचौर, तित्याङ र भकुण्डे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको सुरुवात गरेका छाँै । ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, जेष्ठ नागरिकलाई घरदैलो मार्फत स्वास्थ्य सेवा, घुम्ती स्वास्य सेवा तथा स्वास्थ्य शिविर सञ्चालनमा ल्याएका छाँै । नारायणस्थान स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था र बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएका छाँै ।
११. छोरीलाई गरिने दुव्र्यवहार र छोरीप्रतिको गलत दृष्टिकोणलाई हटाउनको लागि नगरको छाँेरी कार्यक्रम सञ्चालनमा रहेको छ ।
१२. विपद् र प्रकोपजन्य घटनाको समयमा तत्काल राहत र उद्धार कार्यमा सहजीकरण गर्न, विरामीलाई अस्पतालसम्म ल्याउनको लागि निःशुल्क एम्बुलेन्स, दमकल, व्याक हो लोडर र आवश्यक सामग्रीसहित स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएका छाँैं ।
१३. सुरक्षित आप्रवासन (SaMi) कार्यक्रममार्फत वैदेशिक रोजगारको सिलसिलामा विदेशमा अलपत्र परेका व्यक्तिको सुरक्षित स्वदेश फिर्ता, घाइते र मृत्यु भएकाहरुलाई विमा, उपचार खर्च, मृतकको शव व्यवस्थापन, सूचना तथा परामर्श सेवा, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श जस्ता कार्यबाट हालसम्म जिल्लाभरिका १,०६,९१० जना व्यक्तिहरुलाई प्रत्यक्ष सेवा दिएका छाँै । श्रम स्वीकृतिको लागि पालिकाबाट नै सहजीकरणको सुरुवात गरेका छाँंै । श्रमिकहरुको पहिचान, सेवा र सुरक्षाको लागि श्रमिक पहिचान पत्रको सुरुवात गरेका छाँंै ।
१४. अल्पकालीन महिला सेवा केन्द्रमार्फत हिंसा पीडित तथा प्रभावित महिला र किशोरीहरुको लागि आश्रय, लुगाफाटो, यातायात, स्वास्थ्य उपचार, कानुनी सेवा उपलब्ध गराएका छाँैं ।
१५. भू–वर्गीकरणमार्फत जग्गाको वर्गिकरण गर्ने कार्य र सार्वजनिक बाटोको लगत कट्टाको कार्य अन्तिम चरणमा पुगेको छ ।
१६. हाल नगरपालिका बसेको भवनको जग्गा, बाङ्गेचौर खेलमैदान, खुदुर्केदेखि उत्तर पश्चिमतर्फको काँठेखोला किनारको जग्गा, कालाखोला औद्योगिक ग्राम, रात्माटास्थित नगरपालिकाको भवन रहेको जग्गा लगायतका जग्गाहरुको उपयोग सम्बन्धी प्रस्ताव सम्बन्धित मन्त्रालय पुगेको छ ।
१७. न्यायिक समितिको प्रदेश स्तरिय सम्मेलन सम्पन्न गरी न्यायिक सम्पादन प्रक्रियामा एकरुपता ल्याउनको लागि आवश्यक सहजीकरण गरेका छाँै ।
१८. सङ्घ र प्रदेश सरकारमा हामीले गरेका पहल तथा सिफारिसको आधारमा नगरका महत्वपूर्ण योजना तथा कार्यक्रमको लागि बजेट विनियोजन गरिदिनु हुने सङ्घीय एवं प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्दछाँै । विनियोजित योजनाहरुलाई समयमै सम्पन्न गर्नको लागि आवश्यक भूमिका निर्वाह गर्नेछाँै ।

नीति तथा कार्यक्रमका प्राथमिकता क्षेत्रहरु
(क) शिक्षा, स्वास्थ्य र समावेशी विकासमा जोड ।
(ख) कृषि, पशु विकास, सहकारी, पर्यटन तथा उद्यम विकासको माध्यमबाट नगरक्षेत्रको आर्थिक विकास तथा समृद्धिमा जोड ।
(ग) आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने बहुवषर््ािय तथा नगरका गौरवका पूर्वाधार विकास योजनामा जोड ।
(घ) सुशासन तथा संस्थागत विकास योजना कार्यान्वयनमा जोड ।
(ङ) सङ्घ, प्रदेश र अन्य विकास साझेदारहरुसंग समन्वय र सहकार्यमा जोड ।

सभासदस्यज्यूहरु,
अब म आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।
१. समुदायलाई कृषि उत्पादनमा आकर्षित गर्ने वातावरण सिर्जना गरी विभिन्न कृषि फर्महरु सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः व्यवसायिकीकरणतर्फ उन्मुख गरिनेछ । सम्भावित स्थानहरुमा सुन्तला, ओखर, च्याउ र तरकारी पकेट क्षेत्रका कार्यक्रम विस्तार गर्दै लगिनेछ ।
२. कृषिको उत्पादकत्व वृद्धिका लागि माटो परीक्षण कार्यक्रमलाई कृषकको पहँुचयोग्य बनाइनेछ । माटो सुधारको लागि कृषि चुनमा आवश्यक सहयोग तथा सहजीकरण गरिनेछ ।
३. कृषिको व्यवसायीकरणमा जोड दिन बाँझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै बाँझो रहेको जमिन उपयोगमा ल्याउन करार खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
४. “रैथानेमा गर्व गराँै” भन्ने नाराका साथ रैथाने बालीको संरक्षण, उत्पादनमा वृद्धि गर्न आवश्यक सीप र प्रविधिमा सहयोग गरी स्थानीय खाद्य तथा पोषण सुरक्षमा टेवा पु¥याइनेछ ।
५. “एक वडा एक उत्पादन” लाई प्राथमिकता दिई पकेट कार्यक्रम सञ्चालन गरिनेछ । कृषिलाई निरन्तर पेशाको रुपमा अगाडि बढाउने उत्कृष्ट कृषक तथा कृषक समूहलाई सम्मान गरिनेछ कृषि उत्पादनको बजारीकरणको लागि कृषि बजार स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
६. कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, विविधीकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्राथमिकता दिइनेछ ।
७. “खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा” भन्ने नाराका साथ कृषकहरुलाई प्राविधिक सेवाका लागि कृषि परामर्श सेवा कार्यक्रमलाई पहुँचयोग्य बनाउन प्रविधिसंग जोडिनेछ ।
८. प्राकृतिक प्रकोप, रोगव्याधि लगायतको कारण कृषिमा गरिएको लगानी डुब्न नदिनको लागि “गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमा” कार्यक्रमलाई कृषक, कृषि व्यवसायी र प्रदेश सरकारको साझेदारीमा अगाडि बढाइनेछ ।
९. सङ्घ तथा प्रदेश सरकारको सहयोगमा बागलुङ नगरका सबै कृषि योग्य जमिनमा क्रमशः सिँचाइ सुविधा पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिनेछ । कृषि प्राविधिक सहयोगको लागि कृषि प्राविधिकको व्यवस्था क्रमशः गरिनेछ ।
१०. स्थानीय सम्भाव्यताका आधारमा चैते धान प्रवद्र्धन कार्यक्रम, हिँउदे मकै प्रवद्र्धन कार्यक्रम र फलफूल बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
११. “विषादीमुक्त खानपान बागलुङको पहिचान” भन्ने नारालाई आत्मसात गर्दै जैविक खेती र उत्पादनलाई प्रोत्साहन गरिनेछ । पशु, पंक्षी, मौरीपालन व्यवसायलाई प्राथमिकता दिइनेछ ।
१२. कृषिलाई निर्यातमुखी बनाउनकोे लागि उच्च बजार मूल्य भएका कागती, किवी, लिची, आँप, केरा एभोकाडो, ड्रागन फ्रुट्स, चिया, कफी, अलैँची, ओखर जस्ता उष्णप्रदेशीय फलफूल तथा पुष्प खेतीलाई सम्भावनाको आधारमा प्रोत्साहन गरिनेछ ।
१३. बागलुङ नगरक्षेत्रको उपयुक्त स्थानमा कृषि कलेज स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
१४. “कौसीको शान, छतमा नै उत्पादन” कार्यक्रम सञ्चालन गरिनेछ । बजार क्षेत्रमा बसोवास गर्ने घर परिवारले घरको कौसी तथा करेसावारीमा तरकारी खेती गर्न तथा कृषि फलफूल नर्सरी स्थापना गर्न कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
१५. रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले माटोको गुणस्तर र मानव स्वास्थ्यमा पारेको नकारात्मक असर न्यून गरी दिगो उत्पादन गर्न प्राङ्गारिक मल, कृषि चुन तथा जैविक विषादी प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
१६. बाँदर प्रभावित क्षेत्र तथा टारी खेतमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, मौरीपालन र पशुपालन जस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्नुका साथै बादर नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोगमा जोड दिइनेछ । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा उत्पादन गर्ने प्रयोजनार्थ गाँजा तथा भाँगो खेतीको लागि सङ्घ तथा प्रदेश सरकारसंगको समन्वयमा आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
१७. भौगोलिक रुपमा विकट रहेको बागलुङ नगरपालिका वडा नं. ११ को रायडाँडा क्षेत्रको आर्थिक विकास र समृद्धिको लागि सञ्चालनमा रहेको रायडाँडा विशेष कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१८. बा.न.पा. वडा नं. ८ को सिगाना सहित सुन्तलाको सम्भावना बोकेका वडा नं. ५, ६, ७, ९, १०, ११, १२ र १३ नं. वडामा सम्भाव्यता अध्ययन गरी सुन्तलाको ब्रान्डिङ सहित बजारीकरणको लागि आवश्यक कार्य गर्नुका साथै सुन्तला तथा सुन्तलाजन्य उत्पादनको प्रचार प्रसार गर्न हरेक वर्ष सुन्तला महोत्सव आयोजना गरिनेछ ।
१९. पशु स्वास्थ्य सेवालाई घरदैलोसम्म पु¥याउनको लागि पशु सेवा केन्द्र तथा वडा स्तरबाट पशु स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । विपन्न तथा लक्षित किसानहरुलाई कुखुरा, कालिज, बाख्रा, बङगुर, माछाँ लगायतका पशुपंक्षीको व्यावसायिक उत्पादन र बजारीकरणमा सहयोग गरी आयआर्जन वृद्धिमा जोड दिइनेछ । त्यस्ता व्यावसायिक कृषकको क्षमता अभिवृद्धि तथा फार्म सुधारको लागि तालिम तथा प्राविधिक सहयोग गरिनेछ ।
२०. मासु र मासुजन्य उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउन तथा तरकारी खेतीमार्फत जीविकोपार्जन गर्नको लागि सञ्चालन गरिएको आत्मनिर्भर बागलुङ कार्यक्रमलाई थप प्रभावकारिकताका साथ निरन्तरता दिइनेछ ।
२१. पशुपालक व्यावसायिक कृषकहरुलाई उन्नत घाँसको बीउ वितरण, घाँस संरक्षणका विधिको प्रयोगको लागि आवश्यक तालिम र उपकरण तथा अनुदान सहयोग उपलब्ध गराइनेछ ।
२२. घरपालुवा कुकुर दर्ता गर्ने कार्यलाई निरन्तरता दिंदै सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप कार्यक्रमलाई सरोकारवालाहरुको समन्वय तथा साझेदारीमा निरन्तरता दिइनेछ।
२३. दैवीप्रकोप तथा महामारी जन्य रोगको समयमा राहत, रोकथाम र नियन्त्रणको लागि खोप तथा औषधी सहितको Quick Response Team को व्यवस्था गरिनेछ ।
२४. निर्माणको अन्तिम चरणमा पुगेको कुकुर सेल्टर हाउसको बाँकी कार्य पूरा गरी यसै आ.व. देखि सञ्चालन मा ल्याइनेछ ।
२५. उत्पादन लागत घटाई आम्दानी बढाउन तथा बा¥है महिना घाँस उत्पादन गर्नको लागि उन्नत घाँसको बीउ तथा बेर्ना वितरण, घाँस संरक्षणका विधि र प्रयोगको लागि आवश्यक तालिम दिइनेछ ।
२६. स्थानीय गाईगोरुको संरक्षण गरी कृषिलाई दिगो ,उत्पादनशील र स्वरोजगार बनाउन गोरुपालक कृषकलाई प्रोत्साहन दिने र उन्नत नश्ल सुधार गरी उत्पादन बढाउनको लागि कृत्रिम गर्भाधान सेवालाई कृषकको पहुँचमा प¥याउने नीतिलाई निरन्तरता दिइनेछ । पँहुच कम भएको क्षेत्रमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिनेछ ।
२७. राँगोको मासु, दुध र अण्डालाई निर्यात गर्ने उद्वेश्यले भैंसी, राँगो, पाडापाडी तथा कुखुरा पालन तथा संरक्षण कार्यक्रम प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिनेछ ।
२८. व्यवस्थित पशुवधशाला निर्माणको लागि उपयुक्त स्थानको खोजी गरिनेछ । कृषकहरुको सुविधाको लागि निःशुल्क कृषि तथा पशु परामर्श सेवा सञ्चालनमा ल्याइनेछ ।
२९. सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन नियन्त्रण गर्न नियमन प्रणालीलाई प्रभावकारी बनाइनेछ । वचतकर्ताको रकम सुनिश्चित गर्ने गरी नगरपालिकाको क्षेत्राधिकार भित्रका उद्वेश्य मिल्ने सहकारीलाई समायोजन हुन प्रोत्साहित गर्ने र निष्क्रिय सहकारी संस्थालाई खारेज गर्ने नीति निरन्तर गरिनेछ ।
३०. सहकारी संस्थाहरुको प्रवर्धन र वित्तीय सुशासनलाई प्रभावकारी बनाउदै सरोकारवालाहरुको साझेदारीमा सहकारी व्यवस्थापन, लेखा व्यवस्थापन लगायतका प्रविधिसंग सम्वन्धित तालिम तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३१. सहकारी संस्थाहरुलाई फोहरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, समुदाय परिचालन, स्थानीय उत्पादनमा वृद्धि, सहकारी गाउँ, होमस्टे, पर्यटन प्रवद्र्धन तथा इको भिलेज जस्ता क्षेत्रमा साझेदारी गर्ने नीति अवलम्बन गरिनेछ ।
३२. सहकारी संस्थाहरुको सघन अनुगमन गरिनेछ । सहकारी सङ्घहरुसंगको नियमित भेटघाट तथा बैठक छलफललाई निरन्तरता दिइनेछ। ससहकारी संस्थाहरुमा कार्यरत जनशक्तिहरुको पारिश्रमिकलाई समयसापेक्ष एकरुपता बनाउन आवश्यक पहल गरिनेछ ।
३३. सबै सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी निवारण व्यवस्थापन सूचना प्रणालीमा बारेमा जानकारी गराई Cooperative and Poverty Related Management Information System (COPOMIS) आबद्ध गराइने छ ।
३४. ग्रामीण क्षेत्रभित्र रहेका कृषकहरुलाई सहकारी मार्फत व्यावसायिक बनाउनको लागि आवश्यक नीति लिईनेछ ।
३५. वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित गरिनेछ । कामका लागि विदेश जाने युवा युवतीलाई विशेष सीप तालिम प्रदान गर्नका लागि प्रदेश र सङघीय सरकारसंग समन्वय गरिनेछ । स्वदेशमा नै रोजगार सृजना गर्ने तथा प्रत्येक घरका कम्तीमा एक जना स्वरोजगार गराउने उद्वेश्यले “एक घर एक सीप” अभियान सञ्चालन गरिनेछ ।
३६. विदेशमा समस्यामा परेका व्यक्तिको उद्धार तथा राहतको कार्यमा सहजता ल्याउनको लागि वैदेशिक रोजगारीमा गएका वा जान लागेका व्यक्तिहरुको भरपर्दो सूचना एवं कागजपत्रहरु घर परिवारलाई समेत थाहा हुने गरी व्यवस्थित गर्न सूचना सम्प्रेषण गरिनेछ ।
३७. वैदेशिक रोजगारीमा समस्यामा परेका व्यक्ति तथा परिवारका सदस्यहरुमा देखा पर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम न्युनीकरण तथा व्यवस्थापनको लागि व्यक्तिगत तथा सामूहिक मनोपरामर्श सेवा सम्वन्धि कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसैगरी विद्यालय तहबाट नै मानसिक स्वास्थ्य सचेतनाका क्रियाकलापहरु सञ्चालन गर्न सुरु गरिनेछ ।
३८. वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप पूँजी र प्रविधिको उच्चतम प्रयोग गरी पालिकाको आर्थिक वृद्धिमा टेवा पु¥याइनेछ । त्यसका लागि आवश्यक कार्यक्रम तथा नीतिको व्यवस्था गरी पुनः एकीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । साथै वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको निःशुल्क सीप परीक्षणको व्यवस्था गरिनेछ ।
३९. वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिनेछ । वित्तीय साक्षरता सम्बन्धी ज्ञान वृद्धि तथा सचेतनाको एकीकृत कार्यक्रम सञ्चालनको लागि वित्तीय साक्षरता रणनीतिक योजना तयार गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरु मार्फत सञ्चालन हुने वित्तीय साक्षरता कार्यक्रमलाई नगरपालिकाको समन्वयमा एकद्वार प्रणाली मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
४०. सुरक्षित, वैदेशिक रोजगार सम्बन्धित सूचना सम्प्रेषण तथा समस्यामा सहजिकरण गर्न सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताको क्षमता अभिवृद्धि गरी परिचालन गरिनेछ ।
४१. श्रमको सम्मान गर्दै न्यूनतम ज्यालाको सघन अनुगमन गरिनेछ । श्रमिकहरुलाई सामाजिक सुरक्षा लगायतका श्रम नीतिका आधाभूत मान्यतालाई स्थापित गरिनेछ । श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । श्रम डेस्कमार्फत श्रमिक सूचीकरण, पहिचान पत्र वितरणका कार्य गरिनेछ ।
४२. स्थानीय तहबाट शुरु गरिएको श्रम स्वीकृतिको प्रक्रियालाई अझै प्रभावकारी र सेवाग्राही मैत्री बनाउदै रोजगार तथा परामर्श सेवालाई थप व्यवस्थित गरिनेछ । श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम मार्फत सबैले श्रम गर्नुपर्दछ भन्ने मान्यताको विकास गर्दै श्रमिक सम्मान गर्ने नीति लिइनेछ ।
४३. सामुदायिक पूर्वाधार विकास मार्फत अल्पकालीन रोजगारी सिर्जना गर्ने साना पूर्वाधारका योजनाहरुमा श्रम शक्तिको प्रयोग गरी आन्तरिक रोजगारीलाई बढवा दिइनेछ । नीजि क्षेत्र, रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई रोजगार पोर्टल मार्फत सेवा लिन दिनका लागि सहजीकरण गरिनेछ ।
४४. बागलुङ नगर क्षेत्रमा जन्मेर स्वेदश तथा विदेशबाट व्यवसाय, उद्यम, ज्ञान, सीप र अनुभव हासिल गरेका नगरवासीहरुलाई आफूले सिकेका ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न र बागलुङ नगर क्षेत्रमा लगानी गर्नको लागि “आफू जन्मेको माटो र आफू हिँडेको बाटोलाई माया गरौं” अभियान सञ्चालन गरिनेछ ।
४५. “परदेशको ज्ञान जन्मभूमिमा योगदान” भन्ने नारा सहित वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषि तथा पशुपालनमा योगदान गर्नको लागि विना धितो सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
४६. नगर क्षेत्रभित्र रहेका श्रमिकहरुको सीप, अनुभव र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरी नगरपालिकामा श्रम बैङ्क स्थापना गरिनेछ । यस्तो श्रम बैङ्कमा आबद्ध श्रमिकहरुलाई नगर क्षेत्रभित्र हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाइ, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गरिनेछ ।
४७. दिगो रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धनलाई उच्च प्राथमिकता राखेर मिसन रोजगारी अभियान सञ्चालन गरिनेछ । महिला तथा युवाद्वारा सञ्चालित उद्यम, व्यवसाय तथा महिला उद्यमशीलताको सक्षमीकरण तथा सम्भावना बोकेका उद्यमहरुको स्तरोन्नतिका लागि प्रदेश सरकारसंग समन्वय गरी वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
४८. सहिद, घाइते, बेपत्ता तथा द्वन्द्वपीडितको योगदानलाई उच्च सम्मान गर्दै घाइते, बेपत्ता तथा द्वन्द्वपीडित तथा आश्रित परिवारलाई आयआर्जन तथा रोजगारीसंग जोड्नको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
४९. वैदेशिक रोजगारीबाट फर्केर आएका तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले निर्धारण गरेको पाठ्यक्रमका आधारमा विभिन्न सीप सम्वन्धि तालिम प्राप्त गरेका व्यक्तिहरुले सीप परिक्षणको लागि केन्द्रमा जानु पर्ने वाध्यात्मक अवस्था अन्त्य गर्नको लागि राष्ट्रिय सीप परीक्षण समितिमा सहजिकरण गरिनेछ ।
५०. निजी क्षेत्रको सहकार्यमा नगर क्षेत्रभित्र ठूला उद्योग, कलकारखाना, पर्यटन, कृषि उद्योग तथा ठूला पूर्वाधार निर्माण लगायतका नगरको समृद्धि र विकासका लागि लगानी जुटाउन विज्ञहरुको सुझावको आधारमा लगानीका क्षेत्रको पहिचान गरी बागलुङ लगानी सम्मेलन आयोजना गरिनेछ ।
५१. बागलुङको साँस्कृतिक पहिचानलाई विश्वसामु पु¥याउनको लागि प्रसिद्ध कालिका भगवती मन्दिर र बागलुङको पौराणिक हनुमान नाच लगायतका सम्पदाहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक पहल गरिनेछ ।
५२. कला, संस्कृति प्रवद्र्धन, व्यापारिक मेला तथा सम्मेलन आयोजना गर्न निजी क्षेत्र तथा सङ्घ संस्थासंग सहकार्य गरिनेछ । प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकास, संरक्षण र प्रवद्र्धनमा जोड दिइनेछ । बागलुङ नगरपालिका क्षेत्रमा पौराणिक कालदेखि चलिआएको भजन कीर्तन, हनुमान नाच, लाखे नाच, धिमे बाजा, झाम्रे, सोरठी नाच, रोपाइँ नाँच, जोगी नाच, घोडा नाच लगायतका परम्परागत नाच, साहित्य, सङ्गीत, संस्कृति र सम्पदाहरुको संरक्षण र संवद्र्धन गरिनेछ ।
५३. सङ्घ तथा प्रदेश सरकार र निजी क्षेत्रसंगको सहकार्यमा सामुदायिक घरबास, कोसेली घर, सङ्ग्रहालय, उद्यान तथा पार्क, इकोभिलेज र हिलस्टेसनमार्फत पर्यटकलाई आकर्षित गरी पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसंग आवद्ध गर्न सहकार्य गरिनेछ । नगर उपप्रमुख घरवास कार्यक्रममार्फत नगरका अन्य स्थानहरुमा होमस्टे सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
५४. बागलुङ बजारको प्रवेशद्वार मालढुङ्गा पुलदेखि बाङ्गेचौर खेल मैदानसम्मको सडक लगायतका बजार भित्रिने अन्य सडकको दाँया–बाँया फूलका बिरुवा रोप्ने कार्य तथा बजारको सौन्दर्यता अभिवृद्धि गर्ने कार्यका लागि साझेदारको खोजी गरिनेछ ।
५५. नगर उप–प्रमुख पर्यटन विकास कार्यक्रमलाई निरन्तरता दिंदै मुक्तिनाथ लगायतको क्षेत्रमा आउने पर्यटकहरुलाई कालिका मन्दिरको अतिरिक्त बागलुङ नगरपालिकाका अन्य धार्मिक एवं पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने वातावरण सिर्जना गर्नको लागि आवश्यक व्यवस्था गरिनेछ । बागलुङको ऐतिहासिक मेला चैते दशैंको अवसर पारेर ‘घुम्न जाऊँ बागलुङ’ कार्यक्रम सञ्चालन गरी चैत्रे दशैँलाई गण्डकी प्रदेशको उत्कृष्ट मेलाको रुपमा विकास गर्न प्रचार प्रसार गरिनेछ ।
५६. बागलुङ नगरपालिका क्षेत्रभित्र सम्भावना बोकेका स्थानहरुमा वनवाटिका, पिकनिक स्पोर्ट, फन पार्क, जियोलोजिकल पार्क, केवलकार, साहसिक पर्यटन, रक Climbing, Botanical Garden, Sky Walk लगायत निर्माणको लागि साझेदारहरुको खोजी गरिनेछ । साथै बा.न.पा. वडा नं. १० भकुण्डेस्थित रुद्रमान गुरुङ स्मृति पार्क, वडा नं. १३ को चिल्ड्रेन पार्क, वडा नं. १ स्थित बालमैत्री पार्कलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
५७. बागलुङ नगरपालिका वडा नं. ९ स्थित नगरको गौरवको योजनाको रुपमा रहेको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको ब्लु हिल पर्यटकीय गन्तव्य स्थल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । ऐतिहासिक महत्व बोकेका पुराना कोटघर, नगरक्षेत्र भित्रका मठ मन्दिरहरुको संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।
५८. प्रदेश सरकारको स्वीकृत नीति बमोजिम स्थानीय मदिरालाई आवश्यक मापदण्ड पूरा गरी गुणस्तरीय उत्पादन, ब्राण्डिङ्ग र बजारीकरण गरिनेछ ।
५९. पर्यटन प्रवर्धनको लागि स्थानीय सङ्घसस्था, क्लव, पर्यटन क्लब, विद्यार्थी लगायत ट्राभल ऐजेन्सीहरुसंग नियमित समन्वय गरिनेछ । पर्यटक पथ प्रदर्शक बोर्ड, पर्यटन क्यू आर कोड र Digital Street Numbering लाई कार्यान्वयनमा लगिनेछ ।
६०. पर्यटकीय पदमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेका कालिगण्डकी क्षेत्र, लिङ्गेढुङ्गा, सतिढुङ्गा लगायतका धार्मिक तथा साँस्कृतिक क्षेत्र र सम्भावित पर्यटकीय क्षेत्रहरुको खोजी गरिनेछ । पर्यटकलाई आकर्षित गर्ने कालिका भगवती मन्दीर, गण्डकी स्वर्णीम झुला, सालिकग्राम संग्रालय, पञ्चकोट, भैरवस्थान लगायतका क्षेत्रको व्यापक प्रचार प्रशार गरिनेछ ।
६२. सामुदायिक विद्यालयहरुको स्तरोन्नतिका लागि हाल भइरहेको सहयोगलाई निरन्तरता दिंदै आवश्यकता अनुसार थप सहयोग प्रदान गरिनेछ । सामुदायिक तथा संस्थागत विद्यालयहरु वीच कायम रहेको अन्तर र त्यसले सिर्जना गरेको सामाजिक विषमतालाई नियमन गर्न विशेष पहल गरिनेछ ।
६३. सामुदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गर्नको लागि “जहाँ विद्यार्थी त्यहाँ शिक्षक” अभियान लाई प्रभावकारी बनाउन विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा तहमिलान गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
६४. नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयहरुमा हाल सञ्चालन मा रहेको प्राविधिक धारतर्फको पढाइलाई थप व्यवस्थित गर्दै प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरी सम्भावनाको आधारमा नयाँ प्राविधिक धार तर्फका कक्षा सञ्चालन गर्न आवश्यक पहल गरिनेछ । ‘एक विद्यालय एक पुस्तकालय’ तथा ई लाइव्रेरी स्थापना गर्न सङघीय तथा प्रदेश सरकारसंग सहकार्य गरिनेछ ।
६५. यस क्षेत्रको एकमात्र आङ्गिक क्याम्पस धौलागिरी क्याम्पस बागलुङमा शैक्षिक गुणस्तरवृद्धी गर्न तथा थप विषयमा सङ्काय थप गर्नको लागि विशेष पहल गरिनेछ । नगरक्षेत्रको विकास र सुशासनको विधामा शोधकार्य गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक वातावरण सिर्जना गरिनेछ ।
६६. सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण र दिवा खाजा कार्यक्रमको गुणस्तरमा सुधार गरी निरन्तरता दिइनेछ । विद्यालयहरुको समग्र विकास योजना र रणनीति निर्माणको लागि थप प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ । शिक्षामा लैंगिक असमानताको न्युनीकरण गर्ने र शारीरिक अशक्तता भएका व्यक्ति लगायत जोखिममा रहेका आदिवासी, जनजाति तथा दलित बालवालिकालाई शिक्षा तथा व्यावसायिक तालिममा समान पँहुचको सुनिश्चितता गरिनेछ ।
६७. संस्थागत विद्यालयहरुमा कम्तीमा १० प्रतिशत गरिब तथा जेहेन्दार छाँत्रवृति सुनिश्चितता गर्ने कार्यलाई निरन्तरता दिइनेछर सोको तथ्याङ्क नगरपालिकामा अभिलेखीकरण गरिनेछ ।
६८. जनप्रतिनिधि तथा शिक्षक शिक्षिका, वि.व्य.स., शिक्षक अभिभावक सङ्घ बीच भेटघाट, छलफल तथा विद्यालय अवलोकन निरीक्षणको कार्यक्रमलाई प्रभावकारी कार्यान्वन गरिनेछ ।
६९. नगरप्रमुख छात्रवृत्ति कोष स्थापना गरी अनाथ तथा विपन्न समूह र न्युन आय भएका र अन्य कुनै पनि कारणले विद्यालय शिक्षाबाट वञ्चीत भएका बालबालिकाहरुलाई आधारभूत तहको शिक्षाका लागि छाँत्रवृत्तिको विशेष व्यवस्था मिलाईनेछ ।
७०. एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानका साथ पुरष्कृत गरिनेछ । विद्यार्थी प्रतिभाको प्रस्फुटन तथा पहिचान गर्नको लागि Innovation Center को अवधारणा अगाडि बढाईनेछ ।
७१. आवासीय सुविधा सहितका ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालय (Big School, Lead School, Residential School) को नीति बमोजिम एक वडा एक आवसीय विद्यालय हुने गरी पूर्वाधार तयार भएका विद्यालयमा यसै वर्षदेखि आवासीय कार्यक्रम सञ्चालन गरिनेछ ।
७२. स्वर्गीय पदमसिंह विश्वकर्मा र स्वर्गीय गोविन्द अधिकारीको स्मृतिमा सञ्चालन गरिएका छाँत्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७३. नगरक्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक शुल्क लगायत पढाइ खर्च आफै व्यवस्थापन गर्न सक्ने वातावरण सिर्जना गर्नको लागि कृषि तथा पशुपंक्षीको क्षेत्रमा काम गर्ने गरी “पढ्दै कमाउँदै कमाउँदै सिक्दै” कार्यक्रमलाई नगरक्षेत्र भित्रका सबै माध्यामिक तहसममका विद्यालयहरुमा सञ्चालन गरिनेछ । विद्यार्थीहरुमा अतिरिक्त ज्ञान हासिल गर्न, विद्यार्थीहरुको क्षमतालाई थप उजागर गर्न, अन्तरनिहित विशिष्ट प्रतिभाको प्रस्फुटन गर्न विना पुस्तक सहितको विद्यालय Friday for future कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७४. गर्भवती महिला शिक्षिका सुत्केरी विदामा बस्दा सट्टा शिक्षक राख्ने गरी तय गरिएको सट्टा शिक्षक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७५. किशोर किशोरीमा बढ्दो उमेर संगै देखिने शारिरिक परिवर्तनको कारण आउने मानसिक विचलनलाई कम गर्न, विद्यालय तहमा लागू औषध दुव्र्यसनी र यसका नकरात्मक असरको बारेमा जानकारी गरी सभ्य समाजको निर्माण गर्न, यौनजन्य रोगको रोकथामको बारेमा जानकारी गराउन तथा सामाजिक सञ्जालको उचित प्रयोगको बारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्वेश्यले सुरु गरिएको यौनिक शिक्षा कार्यक्रमलाई विस्तार गरिनेछ ।
७६. विद्यार्थीमा अन्तरनिहित अवस्थामा रहेको खुवी पहिचान गर्न तथा सिप क्षमता र रुचि अनुसार विषयबस्तु छनौट गर्नको लागि विद्यालयहरुमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन गरिनेछ ।
७७. विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घलाई क्रियाशील बनाई विद्यालयप्रति पूर्ण उत्तरदायी बनाउनको लागि आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
७८. विद्यालय, प्राधानध्यापक, शिक्षकको प्रोत्साहन, उत्प्रेरणा, क्षमता वृत्ति र अभिभावक शिक्षा संंचालन गर्न, नगरप्रमुख विद्यालय सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
७९. “नलेज इकोनोमी” को आधारशिलाको रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको अनुभव सहित कक्षा एक (१) मा बालबालिकाको भर्ना अनिवार्य गर्न हाल सञ्चालनमा रहेका बालविकास केन्द्रहरुको गुणस्तरमा वृद्वि गरी सम्भावना र आवश्यकताको आधारमा बालविकास केन्द्रहरु समायोजन गर्दै लगिनेछ ।
८०. सामुदायिक विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखका रुपमा रहने प्रधानाध्यापक नियुक्ति, काम कर्तव्य र जिम्मेवारी तथा सरुवा सम्बन्धमा आवश्यक कार्यविधि निर्माण गरिनेछ ।
८१. “विद्यालय विकास हाम्रो प्रतिबद्धता, सक्रिय सहभागिता र पारर्दशिता” भन्ने मूल वाक्यलाई आत्मसात गदै विद्यालयको शैक्षिक तथा प्रशासनिक गुणस्तरलाई थप प्रभावकारी बनाउन शिक्षक, कर्मचारी तथा विद्यार्थीले गर्नु गराउनुपर्ने अनिवार्य क्रियाकलापहरुको सूचीसहित नमुना विद्यालयको पहिचान झल्कने गरी आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गरिनेछ ।
८२. स्थानीय विषयवस्तुको ज्ञान दिलाउने उद्वेश्यले स्थानीय पाठ्यक्रम तयार गरी क्रमश कार्यान्वयनमा लगिनेछ ।
८२. विद्यार्र्थीको पठन सिपको विकास, साहित्यिक सृजना, अध्ययन र वाचन, शैक्षिक सामग्रीको निर्माण प्रदर्शन गर्न “पढाइ मेला” कार्यक्रम आयोजना गरिनेछ । विद्यालय प्रधानाध्यापक, शिक्षक, विव्यस पदाधिकारीलाई नमुना विद्यालयको अवलोकन गराइनेछ ।
८३. सामुदायिक विद्यालय लक्षित अभिभावक शिक्षा तथा किशोर किशोरीहरुका लागि सामाजिक संजाल सदुपयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ । आधुनिक सूचना तथा संचार प्रणाली, कृत्रिम बौद्धिकता (AI) लगायतका क्षेत्रको उपयुक्त प्रयोग सम्बन्धमा जानकारी गराउने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
८४. विद्यालयका शैक्षिक गतिविधि, नतिजा, आयव्यय प्रत्येक तीन महिनामा सार्वजनिक गरी राम्रा नतिजा ल्याउने विद्यालयलाई वर्गीकरण सहित सम्मान गरिनेछ ।
८५. यस नगरपालिका वडा न. १४ मा CTEVT अन्तर्गत सञ्चालन मा रहेको धौलागिरी बहुप्राविधिक शिक्षालयमा यसै वर्षदेखि हेल्थ असिस्टेन्ट र स्टाफनर्स कक्षा सञ्चालन गरिनेछ भने कृषितर्फ जे.टि.ए अध्ययन गर्न चाहने विद्यार्थीहरुमध्ये प्रत्येक वडाबाट एक एक जना गरी १४ जना विद्यार्थीलाई पूर्ण छाँत्रवृत्ति प्रदान गरिनेछ ।
८६. निरन्तरको प्रयास स्वरुप बागलुङ नगर अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्तरणको प्रक्रिया अगाडि बढेको छ । यस कार्यमा विशेष भूमिका निर्वाह गरिदिनुहुने गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू तथा माननीय स्वास्थ्य मन्त्रीज्यूलाई विशेष आभार सहित धन्यवाद व्यक्त गर्दछु । छिट्टै नै पूर्ण व्यवस्थापनका साथ रुपान्तरण प्रक्रिया सम्पन्न हुने कुरामा विश्वास लिएको छु ।
८७. “सुरक्षित मातृत्व, सुरक्षित जीवन” भन्ने नारालाई मूर्तरुप दिन प्रत्येक स्वास्थ्य संस्था सुदृढ गर्दै शून्य होम डेलिभरीको लक्ष्यलाई पूर्ण कार्यान्वयन गरिनेछ । गर्भवती आमाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउदै ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई सबै वर्थिङ सेन्टरहरुसम्म पु¥याइनेछ । प्रजनन रुग्णता सेवालाई निरन्तरता दिइनेछ ।
८८. आमा तथा वालवालिकाको सुस्वास्थ्य, रोग प्रतिरोधात्मक प्रणालीको विकास, बौद्धिक विकास, सर्ने तथा नसर्ने रोगको जोखिम घटाउन तथा दीर्घायुको लागि यसै वर्ष देखि पोषण कार्यक्रमलाई नगरक्षेत्रका सम्पूर्ण टोल वस्तीमा पु¥याइनेछ । यस कार्यक्रम अन्तर्गत लक्षित तथा विपन्न परिवारहरूलाई पोषणयुक्त सामग्री वितरण, गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाहरुको लागि पोषण शिविर सञ्चालन, सामुदायिक पोषण कार्यकर्तामार्फत विद्यालयस्तरमा पोषण शिक्षा, पाकशाला तथा प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ । पोषणमैत्री पालिकाका न्यूनतम सूचक पुरा गरी छिट्टै नै बागलुङ नगरपालिकालाई पोषणमैत्री पालिका घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
८९. जेष्ठ नागरिकहरुप्रतिको दायित्व बोध गर्दै “आदर गरौँ, सेवा गरौँ, जेष्ठ नागरिकप्रति जिम्मेवार बनौँ” भन्ने मुल नाराका साथ जेष्ठ नागरिकका घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९०. नगरवासीको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई मध्येनजर गरी चालु आ.व. देखि सुरु गरिएको क्षयरोग कार्यक्रमलाई सचेतना, परीक्षण र उपचारको माध्यमबाट अभियानको रुपमा लगिने छ । क्षयरोग मुक्त राष्ट्रिय लक्ष्य बमोजिम परिणाममुखी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
९१. “औपचारिक शिक्षासंगै स्वास्थ्य शिक्षा” भन्ने नाराका साथ विद्यालय नर्स कार्यक्रमलाई थप प्रभावकारीकताका साथ विस्तार गर्दै लगिनेछ ।
९२. आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन पुगी सामान्य स्वास्थ्य समस्याको कारण गम्भीर रोगको सिकार हुने वा मृत्युवरण गर्ने अवस्थाप्रति संवेदनशिल भइ नगरक्षेत्र भित्रका सम्पूर्ण दलित, मुस्लिम र माझी परिवारलाई “नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम” मार्फत स्वास्थ्य विमा गर्ने गरी अभिभावकत्व ग्रहण गरेका छाँै । यस बाहेक सामुदायिक स्वास्थ्य स्वयं सेविका, अपाङ्गता भएका व्यक्ति, मजदुर र अति विपन्न तथा दिर्घ रोगिहरुको विमा गर्ने कार्यलाई निरन्तरता दिएका छाँै ।
९३. दूरदराज तथा सेवा वञ्चित क्षेत्रलाई प्राथमिकता राखी स्वास्थ्य सेवाको पहुँच सबै समुदायसम्म विस्तार गरिनेछ । त्यस्ता स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
९४. सबै बालबालिकालाई खोप भन्ने नाराका साथ नगरमा पूर्णखोप कार्यक्रमको निरन्तरता सहित दिगोपनाको कार्यक्रम सञ्चालन गरिनेछ ।
९५. सर्पदंश उपचार केन्द्र स्थापना लगायत महामारी पूर्वतयारीअन्तर्गत सर्भेलेन्स, नियन्त्रण लगायत अन्य आवश्यकीय कार्य सञ्चालन गरिनेछ ।
९६. मानसिक तथा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सहित पछिल्लो समय समाजमा देखिएको एक्लोपन, नैराश्यपन तथा मनोरोगीहरुको उपचार तथा परामर्शको लागि मनोसामाजिक मनोविमर्श सेवा विस्तार गरिनेछ । हाल सञ्चालनमा रहेको मनोसामाजिक विमर्शकर्ताको तालिमको प्रभावलाई मूल्याङ्कन गरी निरन्तरता दिइनेछ।
९७. विद्यालय, स्वास्थ्य संस्था तथा समुदायमा परामर्शका कार्यक्रम सञ्चालन गरिनेछ । छिटो तथा छरितो परामर्शको लागि मोबाइल सेवा तथा प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइनेछ ।
९८. दक्ष स्वास्थ्यकर्र्मी, प्रभावकारी सेवा स्वास्थ्यकर्र्मीको क्षमता अभिवृद्धिका लागि तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्यकर्र्मीहरूको योगदानको उच्च कदर गर्दै प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
९९. सहरी स्वास्थ्य केन्द्रहरुको सेवालाई परिणाममुखी बनाउनको लागि अध्ययनको आधारमा पूनर्संरचना गरिनेछ ।
१००. धौलागिरी प्रादेशिक अस्पतालमा इमर्जेन्सी ट्रमा केयर युनिट स्थापनाको लागि पहल गरिनेछ ।
१०१. मुख स्वास्थ्य कार्यक्रमलाई विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा विस्तार गर्दै लगिनेछ ।
१०२. किशोरकिशोरी तथा बाल स्वास्थ्य केन्द्र स्थापना सहित किशोर किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनेछ । आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०३. दूरदराज तथा पहुँचविहीन क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
१०४. निजी स्वास्थ्य सस्थाहरुमा अनुगमन, नियमन गरी सेवाको गुणस्तर वृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ । निजी स्वास्थ्य संस्थाहरुलाई न्यूनतम मापदण्डको पालना अनिवार्य गरिनेछ ।
१०५. मानसिक स्वास्थ्य सेवा विस्तार तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
१०६. नेपाल परिवार नियोजन सङ्घ, नेपाल नेत्र ज्योति सङ्घ लगायतका सरोकारवाला निकायहरूसँग नियमित समन्वय गरी साझेदारी कार्यक्रममार्फत स्वास्थ्य सेवा प्रभावकारी र समावेशी बनाइनेछ । परिवार योजना, दन्त सेवा तथा आँखा सेवाका कार्यक्रमहरू आपसी सहकार्यमा सञ्चालन गरिनेछ । साथै, विशेष स्वास्थ्य सेवा तथा विशेषज्ञ परामर्शका लागि धौलागिरी प्रादेशिक अस्पतालसँग समन्वय गरिनेछ ।
१०७. स्वास्थ्य सेवामा पहुँच सुधारका लागि सहकार्य र समन्वयको आधारमा दीर्घकालीन रणनीति निर्माण गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सहितको नगरस्तरीय सम्मेलन आयोजना गरिनेछ ।
१०८. आयुर्वेद सेवालाई जनमुखी बनाउनको लागि जडीबुटी खेतीको सम्भाव्यता अध्ययन, स्थानीय जडिबुटीहरुको संरक्षण र प्रवर्धन गरिनेछ । मेरो स्वास्थ्य, मेरो जिम्मेवारीको अवधारणा अनुरुप नागरिकलाई स्वस्थ जीवन शैलीतर्फ अभिप्रेरित गर्न योग, ध्यान, प्राकृतिक तथा आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षित तुल्याई वडा तहसम्म वैकल्पिक स्वास्थ्य सेवा सञ्चालन को व्यवस्था मिलाइनेछ ।
१०९. स्वास्थ्य आहार, विहार तथा विचार सहितको जीवनशैली परिवर्तन गरी नसर्ने रोग तथा मानसीक रोग न्यूनिकरणको लागि सचेतनात्मक, प्रर्वधनात्मक र निदानात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
११०. नगरको छाँेरी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१११. बालबालिकाको सर्वोपरि हित, सर्वाङ्गीण विकास र अर्थपूर्ण बालसहभागिताको सुनिश्चितताको लागि नेपाल सरकारले लिएको राष्ट्रिय लक्ष्य पूरा गर्ने सन्दर्भमा बाल अधिकारका सवाललाई स्थानीय तहको शासकीय पद्धतिसम्म पु¥याउने हेतुले वर्तमान जनप्रतिनिधिको पहिलो बैठकबाट गरिएको प्रतिवद्वता अनुरुप २०८१ माघ ९ गते हजारौँ जनमानसको उपस्थितिमा ऐतिहासिक कार्यक्रम मार्फत यस नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेका छाँैं । बालमैत्री स्थानीय शासनका सूचकहरुलाई सतप्रतिशत पु¥याउन तथा जीवन्त राख्नको लागि दिगोपनाका कार्यक्रमहरु तय गरी सञ्चालन गरिनेछ । यसका लागि सिकाइ केन्द्रका सहजकर्ता र बालविकास सहजकर्ताहरुलाई परिचालन गरिनेछ ।
११२. हिंसा प्रभावित महिलाहरुका लागि सञ्चालनमा रहेको अल्पकालीन सेवा केन्द्र (Safe House) लाई थप व्यवस्थापन सहित निरन्तरता दिइनेछ । प्रभावित पुरुषहरुलाई समेत सेवा र मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गरिनेछ ।
११३. स्वदेश, विदेशमा रहेका व्यक्तिहरु तथा विभिन्न सङ्घसस्थाहरुको सहयोग तथा सहकार्यमा दैवी प्रकोपको कारण ज्यान गुमाएका, बासस्थान गुमाएका, अङ्गभङग भइ उपचार गर्नुपर्ने भएका र दीर्घ तथा कडा रोगको कारण उपचारमा समस्या परेका व्यक्तिहरुलाई राहत दिने गरी राहत कोषको स्थापना गरिनेछ । उक्त कोषको व्यवस्थापनको लागि आवश्यक कार्यविधि तयार गरिनेछ ।
११४. सडकमा आश्रय लिएका मानिसलाई मानवसेवा आश्रमबाट सेवा प्रदान गरी २०८२ सालभित्र सडक मानवमुक्त पालिका घोषणा गर्नेगरी कार्यक्रम सञ्चालन गरिनेछ ।
११५. ज्येष्ठ नागरिकहरु बीच अन्तरक्रिया, भलाकुसारी, मनोरञ्जन, ज्ञान, सीप, र अनुभवको पुस्तान्तरण गर्ने थलोको रुपमा प्रयोग गर्ने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र ज्येष्ठ नागरिक चौतारी कार्यक्रमको सुरुवात गरिनेछ । “ज्येष्ठ नागरिक हाम्रा आदर्श” भन्ने नाराका साथ जेष्ठ नागरिकहरुलाई पालन पोषण तथा स्याहार गर्ने उत्कृष्ट छाँेरा र बुहारीलाई सम्मान गर्ने परिपाटीको सुरुवात गरिनेछ । आवश्यक कार्यविधि निर्माण गरी जेष्ठ नागरिक अक्षयकोषको शुरुवात गरिनेछ ।
११६. घरेलु हिंसा, लैङ्गिक तथा यौनिक हिंसा, छुवाछुत, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीति हटाउन बहस पैरवी लगायत नियमनका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
११७. जातीय पेशा र सस्कृतिको संरक्षण गर्दै सघन दलित बस्ती भएको क्षेत्रलाई आवश्यक पूर्वाधार निर्माण गरी नमुना दलित बस्तीको रुपमा पहिचान गराइनेछ । भगत सर्वजित विश्वकर्मा सीप विकास कार्यक्रम मार्फत दलित वर्ग उत्थान समिति गठन गरी दलितहरुको हकहितको सन्दर्भमा आवश्यक आयमूलक, रोजगारमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
११८. नगर क्षेत्रभित्र निर्माण हुने सार्वजनिक संरचना निर्माण गर्दा बालमैत्री र अपाङ्गतामैत्री बनाउने गरी समन्वय र सहजीकरण गरिनेछ ।
११९. धर्म, सस्कृति, अतिथि सत्कार लगायतको क्षेत्रमा अध्ययन गरी नमुना गाउँ निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
१२०. मृत्यु संस्कारमा भेटी फर्काउने प्रचलनले आफन्तको मृत्युको पिडा र आर्थिक भार एकै पटक पर्दाको पीडादायी अवस्थालाई कम गर्न मृत्यु संस्कारमा हुने खर्च तथा भेटी फर्काउने परिपाटीलाई व्यववस्थित तुल्याइनेछ । जन्म, मृत्यु, विवाह, ब्रतवन्ध, पास्नी जस्ता कर्मकाण्डको समयमा हुने गरेका भड्किलो परिपाटी र फजुल खर्चलाई कम तथा मितव्ययी गर्नको लागि सामाजिक अभियान सञ्चालन गरिनेछ ।
१२१. विमा कम्पनिहरुसंगको सहकार्यमा सामूहिक घर विमा र सामूहिक दुर्घटना विमा कार्यक्रम सञ्चालन मा ल्याइनेछ ।
१२२. लागु औषध तथा दुव्र्यसनीविरुद्ध सचेतात्मक कार्यक्रम सञ्चालन गर्नको लागि जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका सङ्घसंस्थासंग समन्वय गर्नुका साथै विद्यालय तहका विद्यार्थीहरुमा देखिएको चुरोट, खैनी, सुर्ति, मदिरा, भेप (विद्युतीय चुरोट), हुक्का जस्ता कुलत जन्य वस्तुहरुको प्रयोगलाई पूर्णरुपमा बन्देज गर्नको लागि यस्ता पदार्थहरुको बिक्री वितरणमा अनुगमन तथा नियमनको नीति अवलम्बन गरिनेछ ।
१२३. उपभोक्ताको स्वास्थ्य हितलाई ख्याल गरी बजार अनुगमनलाई सघन रुपमा सञ्चालन गरिनेछ । मापदण्ड बमोजिम सञ्चालन मा रहेका माछाँ तथा मासु पसलहरुलाई प्रोत्साहन गरिनेछ । निर्धारित मापदण्डको पालना नगर्ने मासु पसल तथा अन्य पसलहरुलाई नियमन गरिनेछ ।
१२४. अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामाग्री वितरणको कार्यक्रमलाई निरन्तरता दिइनेछ । अपाङ्गता स्वरोजगार केन्द्र स्थापना गरी बौद्धिक अपाङगता भएका व्यक्तिहरुका लागि दिवा सिकाइ केन्द्र सञ्चालन गरिनेछ ।
१२५. स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै विद्यालय तहबाटै विभिन्न विधाको खेलकुदको अभ्यास र व्यावसायिक खेलाडीहरुको उत्पादन गर्ने कार्यका लागि खेलकुद प्रतियोगिताहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ । बागलुङ नगरको खेल क्षेत्रको गौरवको रुपमा रहेको खुला नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
१२६. प्रत्येक वडामा “एक वडा एक खेल मैदान” निर्माणको कार्य निरन्तर रुपमा अगाडि बढाइनेछ ।
१२७. नगरवासीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि नगरका उपयुक्त स्थानहरुमा खुल्ला व्यायामशालाको स्थापनामा निरन्तरता दिइनेछ ।
१२८. “नियमित मर्मत सम्भारः दिगो सडकको आधार” को मर्म अनुसार मर्मत सम्भार कोषको व्यवस्था गरी सडकका खाल्टाखुल्टी तत्काल मर्मत गर्ने कार्यको थालनी गरिनेछ । दीर्घकालीन रुपमा समस्या समाधानको लागि “पूर्वाधार एम्बुुलेन्स”को व्यवस्था गर्न साझेदारहरुको खोजी गरिनेछ ।
१२९. आफ्नै कार्यालय भवन नभएका वडाहरुको कार्यालय भवन क्रमशः निर्माण गर्दै लगिनेछ । वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुसम्म पक्की सडक पु¥याउने नीतिलाई प्राथमिकतामा राखिनेछ । सबै वडाहरुको सन्तुलित विकास हुने गरी एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१३०. निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रम भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ भने दाह संस्कार स्थललाई व्यवस्थित बनाइनेछ ।
१३१. मूलपानी–ढिकीचौर–तितौरे–मालिका–कुँडुले सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुण्डे, रायडाँडा, तित्याङ, सिगाना र खहरेलाई बाह्य चक्रपथको रुपमा विकास गरिनेछ । पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाँडा, बौडेचौर, ब्लुहिल, गाजादह, पञ्चकोट, मालिका, कारिकोट, रायरायकोट, संसारकोट, सिगाना कोटघर हलहले, शालिग्राम सङग्रालयदेखि कुवेरधाम, कालिगण्डकी निरयघाट क्षेत्रमा पर्यटकीय पदमार्गको निर्माण गर्न पहल गरिनेछ ।
१३२. नगरक्षेत्र भित्र सञ्चालन मा रहेका गौरवका योजनामध्ये मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर, ADB मार्फत सञ्चालित RCIP अन्तर्गतका सडक, World Bank को सहयोगमा सञ्चालित NUGIP अन्तर्गतका सडक, सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, सहरी विकास कार्यालयअन्तर्गत निर्माणको चरणमा रहेका सडक लगायतका आयोजनाहरुलाई निर्धारित समय सीमाभित्र सम्पन्न गर्नका लागि समन्वय गरिनेछ ।
१३३. हाल निर्माणाधीन अवस्थामा रहेका नगर तथा वडाका महत्वपूर्ण सड्कहरुलाई समयमै सम्पन्न गर्न तथा स्तरोन्नतिको बाँकी कार्य गर्न सङ्घ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ । बजार क्षेत्रमा रहेका खुल्ला विद्युत तार र टेलिफोनका तारलाई भूमिगत गर्नको लागि आवश्यक पहल गरिनेछ ।
१३४. हरेक वर्षायामको समयमा बग्दै आएको भल पानीका कारण बागलुङ बजार क्षेत्र जलमग्न हुने, कतिपय घरहरु डुवानमा पर्ने, सडक बिग्रर्ने र सवारी तथा यात्रु आवागमनमा अवरोध हुने वर्षौदेखिको समस्या र बजार क्षेत्रको दिसाजन्य लेदो व्यवस्थापनको समस्याको स्थायी समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा आवश्यक कार्य गरिनेछ ।
१३५. कालीगण्डकी करिडोर र बागलुङ–कुश्मिसेरा सडक खण्डमा पर्ने एक्लेसाल र दब्ल्याङको पहिरोको समस्या स्थायी रुपमा समाधान गर्न प्रदेशसंग समन्वय गरिनेछ । बा.न.पा. वडा नं. ११ को रामतोला र बा.न.पा. वडा नं. ३ को कैलाम पोखरी र बोक्से पैह्रो, वडा नं. ८ को भलायवोट पैह्रो, बा.न.पा. १३ जलजला र ढाँड, बा.न.पा. १२ टाकुरीको पैह्रो, कालाखोलाको नदीकटानको समस्या समाधान गर्न सङ्घ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
१३६. बागलुङ बजार क्षेत्रको सुरक्षाको लागि उद्योग वाणिज्य सङ्घ बागलुङसंगको सहकार्यमा सि.सि.क्यामेरा जडान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१३७. निजी क्षेत्रसंगको सहकार्य र सरोकारवालाहरुको समन्वय तथा साझेदारीमा उपयुक्त स्थानहरु पहिचान गरी केवलकार, सपिङ कम्प्लेक्स सहितको सिटीहल तथा स्विमिङ्ग पुल कोसेली घर, चिस्यान केन्द्र, वधशाला, कृषि बजार लगायतका पूर्वाधार निर्माण गर्न पहल गरिनेछ ।
१३८. नगर क्षेत्रभित्र निर्माण हुने सबै सार्वजनिक पूर्वाधार निर्माणलाई अपाङ्ग र बालमैत्री बनाउने गरी संरचनात्मक सुधार गरिनेछ । नगर क्षेत्रभित्रका मुख्य तथा सहायक सडकहरुको क्रमशः स्तरोन्नति गरिनेछ । सडक क्षेत्रमा हरियाली प्रवद्र्धन, सडक बत्ती, कालोपत्रे, नाली निर्माण तथा फुटपाथको व्यवस्था गरी सुरक्षित र आकर्षक बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।
१३९. विस्तृत परियोजना प्रस्ताव स्वीकृत भएको वडा नं. १४ नारायणस्थानमा एकीकृत बस्ती विकास योजना कार्यान्वयन गर्नको लागि सङ्घीय सरकारसंग पहल गरिनेछ ।
१४०. नगरभित्र सञ्चालन हुने सार्वजनिक सवारीलाई सुरक्षित तुल्याई दुर्घटना न्यूनीकरण गर्न सरोकारवालासंगको समन्वयमा सडक सुरक्षा नीति तथा प्रविधिको अवलम्बन गरिनेछ ।
१४१. नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको लगत सङकलन गरी संरक्षण गरिनेछ । निर्माण सम्पन्न भएका योजनाहरुको आयोजना हस्तान्तरण, उपयोग र संरक्षणको लागि आवश्यक नीति लागु गरिनेछ ।
१४२. नगरक्षेत्रभित्र सङ्घ प्रदेश तथा पालिका स्वयंबाट सञ्चालन रही अधुरा तथा रुग्ण हुन पुगेका योजनालाई पूर्ण रुपमा सम्पन्न गर्नको लागि सम्बन्धित निर्माण व्यवसायी तथा योजना कार्यान्वयन निकायसंग समन्वय गरिनेछ ।
१४३. चिप्लेटी बसपार्क क्षेत्रलाई ओझेलमा पर्न नदिनको लागि उक्त क्षेत्रको विकासको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी योजना अगाडि बढाइने छ । साथै हाल सञ्चालनमा रहेको जिपपार्कलाई उचित स्थानमा स्थानान्तरण गरिनेछ ।
१४४. खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि दिगो रुपमा श्रोतमा पानीको उपलब्धता सुनिश्चित गर्नको लागि श्रोतको संरक्षण, एकीकरण र भूमिगत जल पुनर्भरण र वन्यजन्तु वासस्थान व्यवस्थापनका लागि Water Recharge पोखरी, सिँचाइ पोखरी निर्माणको कार्यलाई सरोकारवालाको सहभागिताको आधारमा अगाडि बढाइनेछ ।
१४५. नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई पूर्णता दिई सङ्घ, प्रदेश लगायत नेवाः, Gorkha Walefare Trust समेतको सहयोगमा ‘एक घर एक धारा’ खानेपानीको सुनिश्चतता गरिनेछ । मेरो परिवार नेपाल लगायतका संघ संस्थाहरुको समन्वयमा विद्यालयहरुमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिनेछ ।
१४६. सङ्घ, प्रदेश र सरोकारवालाको सहयोग तथा समन्वयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको योजनाबद्ध विकास गरी NWash Plan तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
१४७. नगर क्षेत्रभित्र हाल सञ्चालनमा रही सम्पन्न हुन बाँकी खानेपानी आयोजनाहरुलाई यथाशक्य छिटो सम्पन्न गर्न सहजीकरण गरिनेछ । खानेपानीको श्रोत अभाव रहेका पहाडी क्षेत्र वडा नं. ६ मालिका र वडा नं. ८ सिगानामा हाल सफल परीक्षण भएको डिप बोरिङ प्रविधिले खानेपानीको श्रोत अभाव रहेका पहाडी तथा भिरालो क्षेत्रका बासिन्दालाई पानीको आपूर्ती गर्न सक्ने उत्साह सिर्जना भएको हुँदा बाँकी श्रोत अभाव रहेका स्थानहरुमा डिप बोरिङको सम्भाव्यता अध्ययन सुरु गरिनेछ ।
१४८. बागलुङ नगरक्षेत्रको फोहरमैला व्यवस्थापनको लागि दातृ निकायसंगको सहकार्यमा Clean Baglung कार्यक्रममार्फत Zero Waste प्रविधि लागु गरिनेछ । सिर्जित फोहरलाई कम्पोष्ट मलमा परिणत गरी कौसी तथा करेसावारी कार्यक्रम प्रवद्र्धन गरिनेछ । श्रोतमानै फोहरको वर्गीकरण गरी नकुहिने फोहरलाई Reduce, Reuse / Recycle गर्ने नीति लिइनेछ । फोहरमैला व्यवस्थापनको लागि उपयुक्त देखिएका आधुनिक मेसिन खरिद गरी फोहरमैला व्यवस्थापनको बैज्ञानीक कार्यलाई अवलम्वन गरिनेछ ।
१४९. नगरक्षेत्रमा आवास र व्यावसायिक प्रयोजनका लागि निर्माण हुने घर, भवन तथा संरचनाहरुलाई व्यवस्थित र भूकम्प प्रतिरोधी निर्माण गर्ने कार्यका लागि भवन निर्माण मापदण्डलाई कडाइका साथ लागु गरिनेछ ।
१५०. अनलाइन प्रविधिको माध्यमबाट नक्सापासको कार्यलाई इलेक्ट्रोनिक विल्डिङ्ग पर्मिट सिस्टम (EBPS) मार्फत लागु गरिनेछ । सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१५१. नगरक्षेत्र भित्रका सडक मापदण्ड वस्तुनिष्ठ र वैज्ञानिक रुपमा परिमार्जन गरी लागु गरिनेछ । व्यावसायिक तथा सरकारी भवन निर्माण गर्दा अनिवार्य अण्डरग्राउण्ड पार्किङ्गको सुविधा सहितको भवन निर्माण गर्ने नीतिलाई आवश्यक कानुनी व्यवस्था मिलाई कडाइका साथ लागु गरिनेछ । त्यस्ता भवनहरु निर्माण गर्दा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने नीति लिइनेछ । स्थानीय स्रोत साधनको प्रयोग गरी परम्परागत शैलीमा घर निर्माण गर्दा लाग्ने नक्सापास दस्तुरमा छुट दिइनेछ ।
१५२. नयाँ निर्माण हुने भवनलाई ऊर्जा मैत्री तथा उर्जा प्रभावकारी बनाउनको लागि तयार गरेको कार्यविधिलाई लागु गर्ने सन्दर्भमा Buiding Energy Efficency in Nepal (BEEN) संगको सहकार्यमा जलवायु अनुकूल डिजाइन गर्ने कार्यमा आवश्यक सहयोग लिइनेछ ।
१५३. नगरक्षेत्र भित्रका जग्गाको वर्गीकरण गर्ने कार्य सम्पन्न भइ सकेकोले भू उपयोग योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । । वडा नंं १४ को नारायणस्थान, वडा नंं १२ को उपल्लो सरङ्गी र तल्लो सरङ्गी तथा वडा नंं १३ को पैयँुपाटाको दम्कदेखि नारायणस्थानसम्मको तल्लो भागलाई समेटी सहरी विकास मापदण्ड अनुसार व्यवस्थित सहरको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ । जग्गाको चक्लाबन्दीको लागि प्रोत्साहनको नीति लिइनेछ । एकभन्दा बढी कित्ता एकीकरण गर्ने प्रयोजनको लागि गरिने सिफारिस दस्तुरमा ५० प्रतिशत छुट दिइनेछ ।
१५४. परम्परागत गोलघर र शताव्दी पूरा गरेका घरहरुलाई मौलिक रुपमा मर्मत सम्भार गरी ऐतिहासिक सम्पदाको रुपमा अभिलेख राखी संरक्षण गर्न चाहने घर धनीहरुलाई सहयोग उपलब्ध गराइनेछ ।
१५५. भूमिहीन, सुकुम्बासीहरुलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्ने कार्यका लागि भूमि आयोग संग समन्वय गरिनेछ ।
१५६. नगर क्षेत्रभित्र घर तथा संरचना निर्माणमा संलग्न हुने सिकर्मी, डकर्मी र निर्माण व्यवसायीहरुको अभिलेख राखी उनीहरुलाई भवन संहिता र भवन निर्माण मापदण्ड सम्बन्धमा अभिमुखीकरण गरिनेछ ।
१५७. बागलुङको पुरानो बजार क्षेत्र कम्पुटोल, किराना टोल, देउरालीचोक लगायतको क्षेत्रलाई ऐतिहासिक सम्पदा बस्तीको रुपमा विकास गर्ने कार्य यसै आ.व. देखि सुरु गरिनेछ ।
१५८. उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बजार क्षेत्रमा हाइमास्ट बत्ती जडानको कार्य यसै बर्ष सम्पन्न गरी अन्य सम्भावित वडा तथा क्षेत्रहरुमा विस्तार गर्दै लैजाने नीति लिइनेछ ।
१५९. बाङ्गेचौर खेलमैदानलाई आवश्यक पूर्वाधार सहितको मिनी स्टेडियम निर्माण गर्ने कार्य यसै आ.व. देखि सुरु गरिनेछ ।
१६०. नगरपालिका क्षेत्रभित्र विद्युतीय चुल्हो लगायतका दिगो वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
१६१. वृक्षरोपण गर्ने संस्कृतिको विकास गरी हरियाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ । क्लिन बागलुङ, ग्रिन बागलुङ भन्ने नाराका साथ प्रत्येक घरले प्रतिवर्ष कम्तीमा एक वटा बिरुवा हुर्काउने कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिनेछ । विभिन्न संघसंस्थाको साझेदारीमा सामुदायिक पार्क निर्माणमा प्रोत्साहन गरिनेछ ।
१६२. नगरस्तरीय विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य योजना निर्माण गर्न तथा विपद् व्यवस्थापन पूर्व तयारी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवालाहरुसंग सहकार्य गरिनेछ ।
१६३. प्राकृतिक प्रकोप तथा विपद्को समयमा राहत तथा उद्धार कार्यका लागि स्थानीय आपत कालीन कार्यसञ्चालन केन्द्र मार्फत सञ्चालन गरिएको एम्बुलेन्स, शव वाहन, दमकल, ब्याक हो लोडर जस्ता सेवालाई जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र धौलागिरी अस्पताल नेपाल रेडक्रस सोसाइटी समेतको सहकार्यमा २४ सै घण्टा सेवा सञ्चालनको व्यवस्था मिलाइनेछ ।
१६४. आवास तथा खेतीयोग्य क्षेत्रमा रहेका अव्यवस्थित एवं जोखिमयुक्त झाडीहरु बुट्यान र कुकाठका रुखहरु व्यवस्थापन गर्न आवश्यक व्यवस्था गरिनेछ ।
१६५. नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको सीमाङ्कन, लेखाङ्कन र अभिलेखीकरण गरी संरक्षणको व्यवस्था मिलाईनेछ ।
१६६. रुपाताल संरक्षण परियोजनासंगको सहकार्यमा कालाखोला औद्योगिकग्राम लगायतको क्षेत्रमा भएको नदी कटान रोक्नको लागि विशेष पहल गरिनेछ ।
१६७. पहिरोको जोखिम रहेको सडक क्षेत्राधिकारभित्र बाँस, अम्रिसो लगायतका बिरुवा रोपी बायो इन्जिनियरिङ प्रविधिलाई प्रोत्साहन गरिनेछ । नगरका सडक क्षेत्रको दाँयाँबाँयाँ रुख रोप्ने कार्यलाई प्रोत्साहन गरी ग्रिन रोडको अवधारणालाई कार्यान्वयन गरिनेछ ।
१६८. नगरक्षेत्र भित्रका सामुदायिक वनलाई जिल्ला वन कार्यालयसंगको समन्वयमा पर्यावरण, जडीबुटी र आर्थिक क्रियाकलापका क्षेत्रमा क्रियाशील गराउन प्रोत्साहन गरिनेछ । साथै सामुदायिक वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास, दिगो व्यवस्थापन र उपयोगको लागि आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
१६९. जलवायु परिवर्तनको कारण प्राकृतिमा आएको परिवर्तन तथा यसले जैविक विविधतामा पारेको प्रभावलाई न्यून गर्नको लागि सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
१७०. नगरपालिकाको सेवा प्रवाहलाई सरल, जवाफदेही, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउँदै ई–गर्भनेन्स अनुरुप फेसलेस, पेपरलेसको कार्यलाई थप व्यवस्थितसहित निरन्तरता दिइनेछ ।
१७१. नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्न प्रत्येक पदको कार्यविवरण सहित प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसंग, शाखा प्रमुख र वडा सचिवहरुले प्रमुख प्रशासकीय अधिकृतसंग, विद्यालयका प्र.अ.हरुले नगर शिक्षा अधिकारीसंग र शिक्षकहरुले प्र.अ. संग उपलव्धि सूचक सहित कार्य सम्पादन सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१७२. नगरपालिकाको सङगठन संरचनालाई पुनर्लेखन गरी चुस्त, उपयुक्त र प्रभावकारी र वैज्ञानिक बनाइनेछ । कार्यालयको सबै सूचना (डाटा) लाई छुट्टै सर्भरमार्फत एकीकृत गरिनेछ । सफ्टवयरको माध्यमबाट विषयगत शाखा, वडा कार्यालय, शिक्षा तथा स्वास्थ्य संस्थाको कार्यलाई प्रविधिमैत्री बनाइनेछ ।
१७३. व्यक्तिगत घटनादर्ता (जन्म, मृत्यु, विवाह, बसाइसराइ तथा सम्वन्ध विच्छेदलाई सत प्रतिशत गराउन वडास्तरमा दर्ता शिविर सञ्चालन गरी नगरपालिकालाई पूर्ण मापन घोषणा गरिनेछ ।
१७४. टाढाका उपभोक्ताहरु योजना सम्झौता तथा फरफारकको लागि नगरपालिका पटक पटक धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागि बागलुङ नगरपालिका मार्फत सञ्चालन हुने पाँच लाखसम्मका योजनाहरुको सम्झौता तथा फरफारकको सम्पूर्ण कागजपत्र तयार गरी अन्तिम भुक्तानीको लागि नगरपालिका कार्यालयमा पठाउने गरी वडा कार्यालयहरुमा अधिकार प्रत्यायोजन सहितको व्यवस्था गरिनेछ ।
१७५. कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न उत्प्रेरणा र क्षमता विकासका कार्यक्रमहरुमा प्रोत्साहन गरिनेछ ।
१७६. कार्यपालिका र वडा सदस्यहरुको लागि कार्यक्षेत्र अनुरुपका आवश्यक तालिम कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ ।
१७७. जनप्रतिनिधि तथा कर्मचारीहरुको अन्तर्घुलन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
१७८. “भष्ट्राचारमा शून्य सहनशीलता” को नीति अवलम्बन गरी सुशासनको प्रत्याभूति गरिनेछ ।
१७९. नगरपालिकाबाट सम्पादन भएका योजना तथा कार्यक्रम र सेवा प्रवाहको सम्बन्धमा नागरिक समाज र प्रबुद्ध व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रम लगायत सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, ग्राहक सन्तुष्टि सर्वेक्षण, सुझाव तथा गुनासो सङ्कलन जस्ता सुशासनका औजारहरुको अधिकतम उपयोगलाई निरन्तरता दिइनेछ ।
१८०. सङघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्तका कार्यक्रमहरुलाई आयआर्जनसंग जोड्दै उक्त कार्यक्रममा बढीमा ५ प्रतिशत भन्दा बढी प्रशासनिक खर्च नबढ्ने गरी खर्चलाई मितव्ययी बनाइनेछ ।
१८१. महिला जनप्रतिनिधिहरुका लागि नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरिनेछ
१८२. नगरपालिकाका सम्पूर्ण गतिविधि तथा सूचनाहरुलाई आम नगरवासी समक्ष पु¥याउने व्यवस्थालाई थप प्रभावकारी तुल्याइनेछ । स्थानीय सञ्चार माध्यमको सबलीकरण, संस्थागत विकास, सार्वजनिक सुनुवाइ लगायतका विषयमा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखासंग साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ । पत्रकार लेखनवृत्ति कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
१८३. नगरक्षेत्रभित्र क्रियाशील पत्रपत्रिका, एफ.एम. र टेलिभिजनसंग सहकार्य गरी नगरपालिकाका सम्पूर्ण सूचना तथा विकास गतिविधिहरुलाई आम नगरवासी समक्ष पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
१८४. स्थानीय सञ्चार माध्यमको सबलीकरण र सञ्चारकर्मीहरुको क्षमता विकासको लागि सहयोग गरिनेछ । नगरपालिकाको सूचना विज्ञापन प्रकाशनको लागि स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिइनेछ । पत्रकारिताको माध्यमबाट नगरको विकास र समृद्धिमा उत्कृष्ट योगदान गर्ने सञ्चारगृह र सञ्चारकर्मीलाई सम्मान गर्ने र सञ्चारकर्मी दुर्घटना विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१८५. नगरक्षेत्र भित्र सञ्चालन हुने विकास आयोजना, खेलकुद तथा अन्य गतिविधिहरु सञ्चालन, कार्यान्वयन तथा गुणस्तर कायम गर्न, नगरक्षेत्रको विकास लगायतका कार्यमा लगानी जुटाउन र साझेदारी कार्यक्रम सञ्चालन गर्नको लागि सङ्घ तथा प्रदेशमा रहेका मन्त्रालय, सरकारी कार्यालय तथा गैर सरकारी संस्थासंग समेत नियमित समन्वय गरिनेछ ।
१८६. फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, साझा पूर्वाधार निर्माण, सडक सञ्जाल लगायतका साझा सरोकारका विषयहरुमा गरिने निर्माण लगायतका कार्यमा एकरुपता ल्याउन सिमाना जोडिएका पालिकाहरुसंग अन्तरपालिका समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१८७. अन्तरपालिका असल अभ्यासको आदानप्रदान, स्थानीय सरकारको संस्थागत विकास र अन्तरपालिका समन्वयलाई प्रभावकारी बनाउन एक प्रदेश एक पालिका बीचको भगिनी सम्बन्ध र महत्वपूर्ण, उपयोगी अन्तर्राष्ट्रिय संस्थाहरुको सदस्यता प्राप्ति गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१८८. नगरक्षेत्रभित्र टोल विकास संस्था गठन तथा पुनर्गठन गरी टोल विकास संस्थाको क्षमता विकास गर्दै टोल विकास संस्था मार्फत टोल स्तरका आयोजना कार्यान्वयन, फोहोर व्यवस्थापन, सामाजिक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१८९. उपभोक्ता हित र संरक्षणको लागि उपभोक्ता शिक्षा, सचेतना कार्यक्रम, उपभोग्य वस्तुको गुणस्तर मापन, बजार अनुगमन, अखाद्य पदार्थ र मिसावटको बारेमा बहस पैरवी र नियमन गर्ने जस्ता कार्यलाई निरन्तरता दिइनेछ ।
१९०. खनिज पदार्थको खोज, अनुसन्धान तथा अन्वेषण कार्यको लागि सङ्घ तथा प्रदेश सरकारसंग समन्वय गरी आवश्यक वातावरण सिर्जना गरिनेछ ।
१९१. गण्डकी प्रदेश स्तरीय न्यायिक सम्मेलको ८ बँुदे घोषणा पत्र बमोजिम प्रदेशभित्रका न्यायिक समितिको कार्यसम्पादनमा एकरुपता कायम हुने गरी न्यायिक प्रकृयालाई छिटो, छरितो र सहज ढङगबाट सम्पादन गर्ने नीति अगाडि बढाइनेछ ।
१९२. “कोही नपरुन् अन्याय, जन्ताको घरदैलोमा न्याय” भन्ने नारालाई सार्थक बनाउने गरी गाउँ टोलमा नै कानुनी सचेतना, न्यायिक संबाद, विवाद दर्ता शिविर सञ्चालन गरिनेछ ।
१९३. “विवाद घटाऊँ मेलमिलाप बढाऊँ तनाव रहित जिन्दगी बिताऊँ” भन्ने नाराका साथ विवाद समाधानका वैकल्पिक उपायहरुमा मेलमिलाप पद्धतिलाई प्राथमिकता दिने गरी कार्यक्रम अगाडि बढाईनेछ ।
१९४. संविधानको अनुसूची ८ र ९ अन्तर्गतका विषयमा आवश्यकता अनुसार कानुनहरु निर्माण गर्दै लगिनेछ । कानुन विषयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको लागि छाँत्रवृत्ति दिँदै आएको कार्यलाई निरन्तरता दिइनेछ।
१९५. असल अभ्यास सिकाई आदानप्रदान, न्यायिक समिति, मेलमिलापकर्ता र कर्मचारीको क्षमता अभिवृद्धि लगायतका तालिम, गोष्ठी, सेमिनारको आयोजना गरिनेछ ।
१९६. वडा मेलमिलाप केन्द्रलाई सक्षम तुल्याउनको लागि गुणस्तरीय मेलमिलापकर्ता तयार, वडाको विवाद वडामै समाधान गर्ने नीति र वडा मेलमिलाप केन्द्रलाई क्रमशः साधन स्रोत सम्पन्न बनाउदै सक्षम न्याय प्रणाली, कानुनी प्रक्रिया छिटो छरितो तथा पहुँच योग्य र प्रभावकारी न्यायिक प्रणालीको विकास गरिनेछ ।
१९७. नगरपालिकाको विद्यमान राजश्व तथा कर नीति, करका दर र दायराहरु वैज्ञानिक, वस्तुनिष्ठ, प्रगतिशील र करदातामैत्री बनाउने सम्बन्धमा निजी क्षेत्रको समेतको सुझावको आधारमा आवश्यक अध्ययन गरिनेछ ।
१९८. राजश्व परामर्श समितिको सुझावको आधारमा करको दायरा विस्तार, कर सचेतना, कर प्रशासनमा सुधार एवं कर सहभागिता अभिवृद्धि गरी आन्तरिक आय वृद्धि गरिनेछ ।
१९९. नगरपालिकाको कर तथा राजश्वको दायरा वृद्धि गर्ने उद्वेश्यले सार्वजनिक निजी साझेदारी कार्यक्रम मार्फत राजश्वका दायरा वृद्धि सहित राजश्व सङ्कलनका कार्यहरुमा समेत सहकार्यको नीति अवलम्बन गरिनेछ । करदाताको सहजताको लागि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२००. फोहरमैला शुल्कको हकमा एक वर्षको एकमुष्ट तिर्ने करदाताको कर रकममा एक महिनाको शुल्क छुट दिने र उत्कृष्ट करदातालाई सम्मान गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
२०१. राजश्व चुहावट नियन्त्रण, नतिजामुखी सार्वजनिक खर्च व्यवस्थापन, आर्थिक कारोबारमा पारदर्शिता र लेखा परीक्षण प्रतिवेदनका सुझाव कार्यान्वयन मार्फत आर्थिक अनुशासन कायम गरिनेछ ।

अन्त्यमा,
यस नीति तथा कार्यक्रम तर्जुमा कार्यमा योगदान पु¥याउनु हुने नगर उप–प्रमुख ज्यू, विषयगत समितिका संयोजकज्यूहरु, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यज्यूहरु, नगरसभा सदस्य ज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यसै गरी नीति तथा कार्यक्रमका लागि सुझाव प्रदान गर्नुहुने बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेल लगायत पूर्व जनप्रनिधिहरु, राजनीतिक दल, बागलुङ नगरपालिकाका निवर्तमान जनप्रनिधिज्यूहरु, विषयगत कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, बागलुङ उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, सहकारी अभियान्ताहरु, गैर सरकारी सङ्घ संस्थाहरुका प्रतिनिधि ज्यूहरु, नागरिक समाज, पत्रकार, सूचना प्रविधि मार्फत सुझाव प्रदान गर्ने महानुभावहरु लगायत सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । प्राप्त सुझावहरुलाई मार्ग निर्देशनको रुपमा लिई बागलुङ नगरपालिकाको सम्पत्तिको रुपमा अभिलेखीकरण गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु । नीति तथा कार्यक्रमको मस्यौदा तयारीमा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुप्रति धन्यवाद व्यक्त गर्दछु ।
जय बागलुङ !

नगर प्रमुख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->