शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला ह्याण्डबलका लागि बुल्समेनको सहयोग

महिला ह्याण्डबलका लागि बुल्समेनको सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

पोखरा/बुल्समेन कलबले पहिलोपटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबकोतर्फबाट ५० हजार नगद नगद प्रदान गरेका हुन् । क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सनप्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई सो रकक हस्तान्तरण गरे ।

क्लवका संस्थापक इश्वर गुरूङले यसअघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १ लाख प्रदान गरेका थिए ।

रकम ग्रहण गर्दै अध्यक्ष पाठकले क्लबका संस्थापक इश्वर गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङ, सचिब उदिम गुरूङ, वरिष्ठ सल्लाहाकार सन प्रसाद गुरूङलगायत बुल्समेत परिवार प्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको युवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाए ।

क्लबले सो रकम प्रदान गरेसँगै यही असार १२ गते देखि १४ गतेसम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ ।सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागीय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->