शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल

स्याङ्जाले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबल

उपाधिसंगै स्याङजाले नगद २ लाख, उपविजेता म्याग्दीले नगद १ लाख तथा तेस्रो भएको तनहुँले नगद ५० हजार हात पारेका छन् ।


  • हरिकृष्ण गौतम
  • असार १२ २०८२, बिहिबार

म्याग्दी/जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप पुरुष भलिबल प्रतियोगिता २०८२’ को उपाधि स्याङजाले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा स्याङजाले घरेलु टोली म्याग्दीलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी उपाधि जितेको हो । पहिलो सेट पाहुना टोली स्याङजालाई २५–१७ ले म्याग्दीको यूवा टोलीले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९–२५ ले स्याङजाले जित्न सफल भयो । खचाखच दर्शकको उपस्थिीतिमा भएको प्रतियोगिताको तेस्रो सेट अझै प्रतिस्पर्धात्मक बन्यो । स्याङजा पुनः तेस्रो सेटमा कम ब्याक गर्दै म्याग्दीलाई २६–२४ ले पछि पार्यो । तर म्याग्दीको युवा टोली चौथो सेटमा पुनरगामन गर्दै २५–१६ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । तर अन्तिम सेट १७–१५ ले जित्दै उपाधि स्याङजाले जित्न सफल बन्यो ।

प्रतियोगितामा तेस्रो स्थान तनहुँ जिल्लाले प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा तनहुँले बाग्लुङलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उपाधिसंगै स्याङजाले नगद २ लाख हात पारेको छ ।

त्यस्तै उपविजेता म्याग्दीले नगद १ लाख तथा तेस्रो भएको तनहुँले नगद ५० हजार तथा चौथो हुने बागलुङ जिल्लाले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

विजेता खेलाडीहरुलाई संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खम बहादुर गर्वुजा, , प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, प्रतियोगिता संयोजक एवम् म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनिया लगायते खेलाडीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->