शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृषाको कप्तानीमा पर्वतको १४ सदस्यीय टोली घोषणा

कृषाको कप्तानीमा पर्वतको १४ सदस्यीय टोली घोषणा


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८२, मंगलबार

पोखरा/गण्डकी प्रदेश महिला टि २० क्रीकेट प्रतियोगिताका लागि पर्वतको महिला टिम घोषणा गरिएको छ । पोखरा रंगशालामा बुधबारबाट हुने प्रतियोगिताका लागि कृषा अखेलीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टिममा सुशिला भट्टराई, जिबिका क्षेत्री, प्रतिभा खड्का, अनुषा पौडेल, योगिता केसी, रिदिमा पौडेल, रोजिना चापागाईं, ऐनजल अधिकारी, बिपासा, ऐन्जल परियार, गरिमा केसी, जेनिशा शर्मा र दिपिका सापकोटा रहेकी छन् । यस्तै टिम कोचमा अजय लामिछाने रहेका छन् ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा हुन लागेको प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा, नवलपुरको सहभागीता रहेको छ । १८ गते पहिलो खेलमा कास्की र स्याङ्जा भिड्दैछन । दोस्रो खेल पर्वतले नवलपुरसंग खेल्ने छ । यस्तै पर्वतले १९ गते स्याङजा र २० गते कास्कीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->