शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो

एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो


  • ढोरपाटन संवाददाता
  • असार २१ २०८२, शनिबार

काठमाडौं/नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो । नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो ।

सिंगापुरले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको हो । नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए । ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे । अभय यादव १० रनमा अविजित रहे ।

जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए । नेपालका शिवान्स बजगाईं २०, शुभव खनाल १८, प्रशिद्ध जैशी १७ र परिमार्जन यादव १३ रनमा पभलियन फर्किए ।

सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६ ओभरमा जम्मा १८ रन दिए । युवान पाण्डेको नाममा २ तथा वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->