बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरामा खुल्ला फुटसल असार २७ देखी

पोखरामा खुल्ला फुटसल असार २७ देखी

टिममा राष्ट्रिय खेलाडीहरु आवश्यकता अनुसार सहभागी गराउन पाउने आयोजक बक्स पोखराका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८२, सोमबार

पोखरा/पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करिब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमले पनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु आवश्यकता अनुसार सहभागी गराउन पाउने आयोजक बक्स पोखराका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिए ।

प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ । खेललाई जीवनशैली बनाएर खेलकुदको विकाससँगै स्वस्थता प्रदान गर्न पनि प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ । संघका अध्यक्ष गुरुङले भने, ‘तीव्र गतिको हुने भएकाले फुटसल रोमाञ्चक हुनुका साथै आत्म अनुशासन, सहकार्य र नेतृत्व विकासमा सघाउ पु¥याउँछ भन्ने हाम्रो विश्वास हो ।’

प्रतियोगिताको विजेताले नगद १ लाख ७० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बक्स पोखराका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चुमन गुरुङले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफी र प्रमाण पत्र तथा उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई नगद ६÷६ हजारसहित ट्रफी र प्रमाण प्रदान गरिने उनले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने बक्स पोखराको एक महिने सदस्यता प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट १० लाख आम्दानी गरेर ३ लाख बचत गर्ने लक्ष्य आयोजकको छ । ‘बचत रकम क्लबले गर्ने खेलकुदका विभिन्न गतिविधिमा खर्च गरिनेछ,’ संयोजक गुरुङले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->