शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भुटानमाथि नेपालको गोल वर्षा

भुटानमाथि नेपालको गोल वर्षा


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार

काठमाडौं/बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको वर्षा गर्दै अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दा समीक्षा घिमिरे र कुसुम खतिवडाले एक/एक गोल गरे । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अंक बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बंगलादेशबिरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ । च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->