म्याग्दी/प्रथम स्ववियु फोे ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) म्याग्दी सेतोले जितेको छ । स्ववियु म्याग्दी क्याम्पसले आयोजना गरेको प्रथम स्ववियु फोे ‘ए’ साइड फुटबलको फाइनलमा स्ववियु हरियोलाई १–० ले हराउँदै उपाधि चुमेको हो ।
विद्यार्थीलाई शैक्षिक सँगै खेलकुद सहित अन्य रचनात्मक क्रियाकलापमा सक्रिय बनाउन उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचिव मन्जुर कटुवाल क्षत्रीले बताए । प्रतियोगितामा अनुशासित टिम रिजोइस टिम, उत्कृष्ट खेलाडी सिजन भण्डारी, सर्वाधिक गोलकर्ता अनुपम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर तारामोहन श्रीपाली र ईमर्जिङ खेलाडी बिम्बा क्षेत्रीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । स्ववियुले पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा १० टिमको सहभागिता थियो ।
प्रतियोगिताको सह–आयोजक म्याग्दी बहुमुखी क्याम्पस रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय हुनेलाई क्रमश १५ हजार,७ हजार ट्र«फी, मेडल र प्रमाणपत्र प्रदान गरियो । क्याम्पसमा रहेका विद्यार्थीलाई शैक्षिक सहित विभिन्न अनुदान, अतिरिक्त क्रियाकलापसँगै समुदायमा आवश्यक विभिन्न कार्यहरुमा निरन्तर सक्रिय हुनेस्ववियु सभापति संगम चोखाल क्षेत्रीले बताए ।
प्रतियोगितामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्याम्पस प्रमुख श्रीधर सुबेदी, जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र मल्ल, वडा नं ७ का वडा सदस्य सोहन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँको उपस्थिती रहेको थियो ।





