शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा यु–१७ फुटबल छनोट सुरु

पोखरामा यु–१७ फुटबल छनोट सुरु


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८२, बुधबार

पोखरा/पोखरामा यू–१७ पुरूष फुटबल छनौट सुरू भएको छ । श्रीलंकामा आयोजना हुने ‘साफ यू–१७ च्याम्पियनसिप’ को तयारी स्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले खेलाडी छनौट सुरू गरेको हो ।

पोखरा रंगशालामा सञ्चालन सुरू भएको छनौटमा गण्डकी प्रदेशका ९ जिल्लाका २ सय ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । छनौट कार्यक्रमबाट गण्डकीबाट उत्कृष्ट ४० जना खेलाडीहरुलाई केन्द्रिय छनौटका लागि पठाइने गण्डकी प्रदेश फुटबल संघका महासचिब विनोद गुरूङले जानकारी दिए ।

जिल्ला जिल्लाबाट तोकेको कोटाभन्दा बढी खेलाडी सहभागिता भएकोले छनौट कार्यक्रम एक दिन लम्बिन सक्ने महासचिव गुरूङले बताए । ‘हामीले कोटा तोकेका थियौं तर पनि सहभागिता उत्साहजनक छ,’ उनले भने । बंगालादेशमा हालै सम्पन्न यू–२० महिला साफ च्याम्पियनसिपमा समेत ५ जना खेलाडी गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा पर्न सफल रहेको बताउँदै यस कार्यक्रममा समेत राष्ट्रिय टोलीमा पर्ने गरी खेलाडी छनोट गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->