बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आदिवासी चेतनाको उज्यालो यात्रा

आदिवासी चेतनाको उज्यालो यात्रा


  • याम बहादुर थापा मगर
  • साउन २२ २०८२, बिहिबार

आदिम वनस्पति सुगन्धले भरिएको थियो संसार,
जहाँ पहिलो पाइला टेक्नेहरू थिए उनीहरू
जसका हातमा समाधान थियो,
जसका मनमा प्रकृतिको गीत गुञ्जन्थ्यो ।

विश्व इतिहासको खाकामा आदिवासी जातिहरूले
श्रम, संस्कृति र अस्तित्वको रेखा कोरिरहे,
तर उपनिवेशवाद, विस्तारवाद र नवसाम्राज्यवादका छायाँहरू
उनीहरूको इतिहासलाई अँध्यारोले छोप्न तम्सिए ।

तर समय स्थिर रहेन
संयुक्त राष्ट्रसंघले निरन्तर कलम चलायो,
आइएलो १६९ ले श्रम र भूमि अधिकारको गुञ्जन सुनायो ।
नेपालको सर्वोच्च अदालतले भन्यो ।
‘आदिवासी जनजातिको अधिकार संविधान भन्दा बाहिर होइन ।’
तर आदेश कार्यान्वयन भएन ।
कानुनको अक्षरमा उज्यालो, व्यवहारमा अझै अँध्यारो ।

आज ३१ औं विश्व आदिवासी दिवस,
नारा छ – ‘प्राकृतिक स्रोतमाथि अधिकार सुनिश्चित गरौं’,
‘आदिवासी ज्ञान प्रणालीलाई प्रवर्धन गरौं’,
किनभने उनीहरू नै हुन् सृष्टिका पहरेदार,
जंगलका काखमा बाँच्ने,
नदीको प्रवाहमा सास फेर्ने ।

तर अब नयाँ चुनौती छ – एआईको आगमन ।
कृत्रिम बौद्धिकत्ताले विश्व बदल्दै छ,
तर आदिवासीहरूलाई सोधिँदै छैन ।
‘तिमीहरूको ज्ञान कति मौलिक हो ?’
उनीहरूको मौखिक परम्परा, हर्बल औषधि,
मौसम पहिचान गर्ने दृष्टि
के यी कुरा एआईका डेटाबेसमा सुरक्षित छन् ?

भविष्यमा आदिवासीहरू स्वामित्वमा रहने कि संग्रहालयको वस्तु बन्ने ?
उत्तर दिनुपर्ने समय हो यो ।
संकल्प गरौं ।
उनीहरूको आवाज प्रविधिमा गुञ्जियोस्,
अधिकार व्यवहारमा कार्यान्वयन होस्,
र आदिवासी चेतनाले फेरि संसारलाई
प्रकृति र मानवता बीचको सन्तुलन सिकाओस् ।

बागलुङ नगरपालिका १० भकुण्डे, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->