शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

साउदी अरबविरुद्ध नेपालको जित

साउदी अरबविरुद्ध नेपालको जित

नेपालको जितमा सुक्रिया मियाँले निर्णायक गोल गरिन् । योसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८२, शुक्रबार

काठमाडौं/नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ । नेपालको जितमा सुक्रिया मियाँले निर्णायक गोल गरिन् । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदीमाथि १–० को कठिन जित निकालेको हो । योसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ । उत्तर कोरियाले पहिलो खेलमै साउदीमाथि १५–० गोलको फराकिलो जित हात पारेको थियो । साउदी एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिसकेको छ । भुटानले भने शुक्रबार आजै उत्तर कोरियासँग खेल्दै छ ।

यस सिंगल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ । उत्तर कोरिया छनोटनजिक छ । समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई साउदीविरुद्ध उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुपर्ने दबाब थियो । तर, नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिन पर्यो । नेपालले आइतबार उत्तर कोरियासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->