शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्तर विद्यालयस्त हक्की प्रतियोगिता सुरु

अन्तर विद्यालयस्त हक्की प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८२, बुधबार

पोखरा/पोखरामा अन्तर विद्यालयस्तरीय सिक्स ए साइड छात्र÷छात्रा हक्की लिग प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला हक्की संघको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखी प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा ज्योतिकुञ्ज र एसोएसले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । प्रतियोगिताको पहिलो दिन छात्रातर्फ ८ र छात्रतर्फ ८ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको विजेताले नगद दश हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा तनहुँ र भक्तपुर गरि १८ विद्यालयका ३६ टिमको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले महिला हक्की खेलमा कास्कीले विभागीय टिमहरूलाई समेत पछाडि पार्दै ऐतिहासिक सफलता हासिल गरेको बताए । उनले प्रशिक्षक, व्यवस्थापक र खेलाडीहरूको अथक मेहनतका कारण जिल्लाले यो गौरव हासिल गरेको बताए । ‘निकट भविष्यमा सरकारी निकायसँग समन्वय गरी हक्की खेलको प्रबद्र्धन र पूर्वाधार विकासमा सहयोग जुटाउनेछौं’ उनले भने ।

प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले भविष्यमा पनि प्रदेशस्तरीय संघबाट आवश्यक सहयोग निरन्तर रहने विश्वास दिलाए ।

सो कार्यक्रममा हक्की संघका केन्द्रीय सदस्य तथा प्रशिक्षक हितकुमार गुरुङ, प्रदेश हक्की संघका पदाधिकारीहरू, कास्की जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका तथा खेल प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->