शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वर्ण पदक विजेता खेलाडिलाई सम्मानित

स्वर्ण पदक विजेता खेलाडिलाई सम्मानित


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८२, बुधबार

बागलुङ/जिल्ला खेलकुद विकास समिति बागलुङले हालै गोरखामा सम्पन्न १५ औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडिलाई नगदसहित सम्मान गरेको छ ।

प्रतियोगितामा एथलेटिक्सतर्फ ज्यावलिन थ्रोमा स्वर्ण विजेता नवीन सुवेदी, मार्शल आर्टतर्फ तेक्वान्दोमा स्वर्ण पदक विजेता रेजिना विक, जानकी राना, कराँतेमा स्वर्ण विजेता बिन्डल पाइजा, उसुतर्फ स्वर्ण विजेता मिलन थापा, ममता थापा, दिप्सन थापा, सक्षम केसी र दिपशिखा किसान नगद १५ सयसहित सम्मान गरिएको हो ।

यस्तै, कब्ड्डीतर्फ स्वर्ण विजेता अरविन कुमाल, विराज कुमाल, भैरव राना, स्वर्णिम पुन, विज्ञान पुन, कृष क्षेत्री, सम्राट कँडेल, सुविन पुन र रोशन शेरचनलाई जनही १५ सय रुपियाँसहित जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सम्मान गरेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्ण प्रसाद कँडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख अमर बहादुर थापाले खेलकुदको क्षेत्रमा काम धेरै भएपनि हुनुपर्ने काम कम भएको बताए । देशको आवश्यकता अनुसार खेलकुदको क्षेत्रमा काम हुन नसकेको बताउँदै थापाले खेलकुदका विज्ञहरुले जनप्रतिनिधिलाई जानकारी गराउन सके खेलकुदमा स्थानीय तहको पनि लगानी बढ्ने संभावना औल्याए । ‘नीति निर्माण तहमा खेलकुदका विज्ञहरुको पहुँच पुग्न सके खेल क्षेत्रमा लगानी बढ्ने र विकास पनि संभव छ’ थापाले भने ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’, काठेखोलाका प्रवक्ता टिका संगम विक, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख हिमाल घर्तिमगर, प्रहरी निरीक्षक केशव थापा, विद्यालय खेलकुद महासंघ बागलुङका अध्यक्ष बालकृष्ण शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष योगेश भण्डारी र सञ्चालन सचिव किशोर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->