शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला भलिबल कप्तान अरुणाको सम्मानमा स्तम्भ बन्ने

महिला भलिबल कप्तान अरुणाको सम्मानमा स्तम्भ बन्ने

भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीको जिल्ला खेलकुद विकास समितिले उद्यन सहितको स्तम्भ बनाउने भएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८२, बिहिबार

म्याग्दी/राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सम्मानार्थ गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीको जिल्ला खेलकुद विकास समितिले उद्यन सहितको स्तम्भ बनाउने भएको हो ।

महिला भलिबल टिमको कप्तानी सम्हालेपछि अन्तराष्ट्रि«यस्तरमा उपाधिको खडेरी मेट्दै उपाधी जिताउँदै भलिबल खेलमा नेपाललाई दक्षिण एशियाली देशका बलियो स्थानमा पु¥याउन सफल भएको सम्मानमा खेलकुद विकास समितिको जग्गा वा अन्य उपयुक्त स्थानमा शालिक बनाएर सम्मान गर्ने समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

‘उहाँ राष्ट्र«को गहना हो, नेपाली महिला भलिबललाई यो स्थानमा ल्याउनुमा अतुलनीय योगदान छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय रहेको बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा स्तम्भ बनाउन आवश्यक डिपिआर समेत बनाउने र जग्गाको उपलब्धता भएमा उद्यान नै बनाएर खेलप्रेमीहरुलाई आर्कषित गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

सन् २०१३ मा काठमाडौंमै भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गरेकी शाहीले राष्ट्रि«य टिमको नेतृत्व गरेपछि एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक, काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कास्य पदक, काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई जितेको थियो ।

डेढ दशकदेखि भलिबल खेल्दै आएकी शाहीले सजेएफ पल्सर स्पोट्र्स अवार्डसहित विभिन्न चर्चित खेलाडी अवार्डले जितेकी छन् । यसैबीच अरुणाको सम्मानमा बनाइने स्तम्भमा स्वदेश तथा विदेशमा रहेका संघसंस्था र खेलप्रेमीहरुको सहयोग समेत लिने योजना रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताए । आर्थिक सहयोगदाताको नाम स्तम्भ आसपासमा शिलालेख बनाएर राखिने र अन्य तयारीका बारेमा थप जानकारी गराउने कोषाध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->