शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लामाचौर तीज महोत्सव : छात्रा भलिबलका शुरु

लामाचौर तीज महोत्सव : छात्रा भलिबलका शुरु


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

पोखरा/नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौर तीज महोत्सवमा मावि स्तरिय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । महोत्सवको आकर्षणको रुपमा रहेको लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि छात्रा भलिबल सुरु भएको हो ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे ।

आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । पहिलो खेलमा सिर्जनाले सेन्ट मेरिजलाई २५–७ र २५–१५ तथा दोस्रो चरणमा इन्द्र राज्यलक्ष्मी माविलाई २६–२४ र २५–१५ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

त्यस्तै, टप्सले पश्चिमाञ्चललाई २–१ सेटमा हराउँदै विजयी यात्रा सुनिश्चित गरेको थियो । २०–२५, २५–१३ र २५–२१ सेटमा हराएको टप्स क्वाटरफाइनलमा बालमन्दिरको चुनौती २५–१६ र २५–१२ सेटमा पन्छाउँदै अन्तिम चारमा पुग्यो । शान्तले प्रतिभा र केफ माविलाई हराउँदै पोखरा युनाइटेड सँग सेमिफाइनल सुनिश्चित गरेको छ । उसले प्रतिभालाई २५–१८ र २५–१९ तथा केफलाई २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । बाईमा परेको पोखरा युनाइटेडले कन्या माविलाई सोझो सेटमै २५–१३ र २५–१९ मा हराउन सफल भएको हो ।

लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो । आइतबार महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुहुने प्रचार प्रसार संयोजक बिष्णु प्रसाद गौतमले जानकारी दिए ।

इन्द्र राज्यलक्ष्मी मावि प्रांगणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कप सहित तीज गीत प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, श्रष्टा सम्मान र छात्रवृत्ति प्रदान सहितका विविध राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->