शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ अन्तिममा

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा भदौ अन्तिममा


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभासम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए ।

सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोट्र्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि भदौ २७ गते तालिमसमेत आयोजना हुँनेछ ।

गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो । २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भइ रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->