बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

तेस्रो म्याग्दी कप भलिबल दरबाङमा हुने

तेस्रो म्याग्दी कप भलिबल दरबाङमा हुने

गौमति खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीको उपस्थिती हुने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८२, शनिबार

म्याग्दी/जिल्ला भलिबल संघको आयोजनामा दरबाङमा विद्यालयस्तरीय तेस्रो म्याग्दी भलिबल कप हुने भएको छ । आगामी असोज २ देखि ५ गतेसम्म मालिका गाउँपालिका–६,दरबाङ बजारमा अन्डर २० छात्रछात्रा भलिबल, पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिताको प्रतियोगिताको तयारी तीब्र पारिएको हो ।

गौमति खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीको उपस्थिती हुने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

मालिका गाउँपालिका भलिबल संघको सहआयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्धितिय हुनेले क्रमश ५० हजार, २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने शिक्षकतर्फ प्रथम र द्धितियले क्रमश २५ हजार, १३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । नाम दर्ता भदौ २५ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षकल, उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर र डिफेन्डरलाई लगायत विभिन्न विधामा सम्मान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरी प्रशिक्षण दिदैं जुनियर म्याग्दी टिम बनाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->