शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सेन्ट फ्रान्सिसलाई हक्कीमा दोहोरो उपाधि

सेन्ट फ्रान्सिसलाई हक्कीमा दोहोरो उपाधि


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८२, आइतबार

पोखरा/नवौं जूनियर अन्तरविद्यालय युनि हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिसले दोहोरो उपाधि जितेको छ । हिमालयन लाईफ नेपालको आयोजनामा पोखरा शुक्रवार सम्पन्न प्रतियोगिताको छात्र र छात्रा दुवै तर्फ सेन्ट फ्रान्सिले उपाधि चुमेको हो ।

छात्र तर्फको फाइनलमा सेन्टफ्रान्सिसले कालिकालाई २–० गोलले हरायो । छात्रा तर्फ शुक्रराज बलभद्र माविलाई ४–२ गोलले हराउँदै दोहोरो उपाधि चुमेको हो । प्रतियोगिताको छात्र तर्फ सिद्ध स्कुल र छात्रातर्फ कालिकाले तेस्रो स्थान हासिल ग¥यो । पहिलो दोस्रो र तेस्रो हुने छात्र÷छात्र दुबैतर्फ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शुक्रराज बलभद्रका सुजित तामाङ र छात्रा तर्फ सिद्ध माविका आयुसा तामाङ सर्वोतकृष्ट खेलाडी घोषित भए । उत्कृष्ट डिफेन्डर छात्र तर्फ सेन्ट फ्रान्सिसका शुभचन्द्र राई र छात्रा ज्ञानकुञ्जकी अनिशा गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षक छात्र तर्फ सेन्ट प्रान्सिसका विनोद परियार र छात्रा तर्फ कालिकाकी बिनिता परियार घोषित भए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र र छात्रातर्फ १६÷१६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->